२०८३, ११ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

शत्रुघन सिन्हा अस्पताल भर्ना, भेट्न पुगे छोरी सोनाक्षी र ज्वाइँ जहिर

२०८१, १७ असार सोमबार ०९:०३

असार १७, नयाँ दिल्ली । बलिउडका दिग्गज अभिनेता शत्रुघन सिन्हा अस्पताल भर्ना भएका छन् । छोरीको बिहे भएको ६ दिनमै शत्रुघन अस्पताल भर्ना भएका छन् । उनलाई भेट्न छोरी सोनाक्षी र ज्वाइँ जहिर इकबाल अस्पताल बाहिर देखिएपछि अनेकौं अड्कलबाजी सुरु भएको छ ।

शत्रुघन सिन्हालाई चोट लागेकाले अस्पतालमा भर्ना गरिएको खबर बाहिर आएको छ । शत्रुघनका छोरा लवका अनुसार बुवालाई भाइरल ज्वरो आएपछि अस्पताल भर्ना गरिएको हो ।


‘उहाँ कमजोर पनि हुनुहुन्थ्यो । त्यसैले हामीले उहाँलाई अस्पतालमा भर्ना गरायौं’, इन्डियन एक्सप्रेसले छोरा लवलाई उद्धृत गर्दै समाचार छापेको छ ।

टाइम्स नाउले भने अभिनेता घरको डाइनिङ हलमा चिप्लिएर लडेको र उनलाई चोट लागेकोले अस्पताल लगिएको बताएको छ ।

एक दिन घरमै उपचार गरिएको भए पनि दुखाइ कम नभएपछि सिन्हालाई अर्को दिन बिहान कोकिलाबेन अस्पताल लगिएको र डाक्टरहरूले उनलाई भर्ना गर्न सल्लाह दिएको बताइएको छ । उनलाई सोमबार साँझसम्म अस्पतालबाट डिस्चार्ज गरिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने रास्वपा कार्यालयमा सुकुम्बासी मोर्चाका नेताहरूले ज्ञापनपत्र बुझाएर फर्किए पूर्वराजा ज्ञानेन्द्र शाह पोखरामा रास्वपा कार्यालयमा सुकुमवासीहरू जाने भएपछि सुरक्षा व्यवस्था कडा विरोध प्रदर्शनमा उत्रिए सुकुम्बासी कांग्रेस संसदीय दलको नेता चयन आज सुनचाँदीको मूल्यमा गिरावट मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो