२०८३, ११ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

उडानै नभएको रूटमा ताराको जहाज बेपत्ता भएको अफवाह, कसरी फैलियो?

२०८१, १७ असार सोमबार ०९:५९

असार १७, काठमाडौँ । सोमबार दिउँसो २ बजे सामाजिक सञ्जालमा एउटा अफवाह फैलियो ।

उक्त अफवाह थियो, पोखराबाट मुस्ताङ गइरहेको तारा एयरको जहाज सम्पर्कविहीन भएको ।

एकजना सामाजिक सञ्जालका प्रयोगकर्त अमरबहादुर चन्दले पोखराबाट जोमसोमका लागि उडेको तारा एयर सम्पर्कविहीन भन्दै पोस्ट गरे ।


त्यस्तै सन्तोष पोखरेल नामका प्रयोगकर्ताले पनि हुँदै नभएको घटनालाई सामाजिक सञ्जालमा फैलिएको भन्दै सामाजिक सञ्जालमा ताराको जहाजको फोटोसहित विवरण राखे । उनले आफ्नो उक्त पोस्ट फेसबुकका ग्रुपमासमेत सेयर गर्न भ्याए ।

उता आफूलाई समाजसेवी बताउने इशा गुरुङले पनि उक्त अफवाहलाई अझै फैल्याउने काम गरिन् । तीन लाख भन्दा बढी फलोअर भएकी उनले पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज सम्पर्कविहीन भनेर तस्बिरसहित फेसबुकमा लेखेपछि तत्कालै भाइरल भयो ।

उनकै पोस्टमा एकजनाले कमेन्ट गर्दै भनेका छन्, ‘सम्पर्कमा आयो भन्दैछन् फेरि ।’ इशाले अफवाह फैल्याएको भन्दै आलोचना भएपछि उक्त पोस्ट हटाइसकेकी छन् ।

हवाई जहाजका लागि उच्च जोखिमयुक्त मानिने पोखरा-जोमसोम रुटबाट यस्तो खबर आउँदा सामाजिक सञ्जाल प्रयोगकर्ता पत्याउने अवस्थामा पुग्छन् । पहिले पनि यो रुटमा दुर्घटना भइरहेकाले सोमबार पनि त्यस्तै अफवाह भाइरल भयो ।

ताराको उडान नै छैन

ताराको काठमाडौंस्थित केन्द्रीय कार्यालयका एक अधिकारीले अहिले पोखरा-जोमसोम रुटमा उडान नरहेको पुष्टि गरे ।

‘अहिले पोखरा-जोमसोम रुटमा हाम्रो जहाज नै जाँदैन । उडान नै नरहेको रुटमा जहाज हरायो भनेर सामाजिक सञ्जालमा अफवाह फैल्याइएछ’, उनले भने, ‘हामी यसबारेमा आधिकारिक धारणा केहीबेरमा सार्वजनिक गर्दैछौँ ।’

ताराको जाहाज दुर्घटनामा परेको भनेर सामाजिक सञ्जालमा फैल्याइएको अफवाहले केही बेरमै मानिसहरूलाई तरंगित बनायो । तर पोखरास्थित एकजना पत्रका सुमन ढुंगानाले पोखरा-जोमसोम रुटमा अचेल ताराको उडान नै नरहेको बताए ।

उनका अनुसार उडान हुने अरु कम्पनीले पनि पोखराबाट बिहान मात्रै जहाज पठाउँछन्। जोमसोममा दिउँसो अत्यधिक हावा चल्ने र कुहिरोले पनि ढाक्ने भएकाले अन्य कम्पनीका जहाज पनि बिहानै गएर फर्किने उनले बताए ।

‘मध्यान्ह र दिउँसो समयमा यहाँबाट जोमसोममा उडान नै हुँदैन’, उनले भने, ‘ताराको उडान नै नभएको अवस्थमा कसले अफवाह फैल्यायो, अचम्म लागेको छ ।’

उता नागरिक उड्ययन प्राधिकरण पोखरा कार्यालयले पनि तारा एयरको जहाज सम्पर्कविहीन भएको भन्ने खबरलाई अफवाहको संज्ञा दिएको छ । पोखराबाट जोमसोमका लागि ताराको कुनै उडान नै नभएको अवस्थामा अफवाह फैल्याएको भन्दै प्राधिकरणले आपत्ति जनाएको छ ।

ताराले केही अनलाइन र सामाजिक सञ्जालमा गलत सूचना फैल्याउने काम गरिएकाले कानुनी कारबाही अघि बढाउने जानकारी दिएको छ ।

सोमबार तारा एयरका दुईवटा जहाजमध्ये एउटा काठमाडौं र अर्को नेपालगञ्जमा छ । नेपालगञ्जको जहाज कर्णालीमा उडान भर्नका लागि गएको हो ।

ताराले यो अफवाहपछि सोमबार एक वक्तव्य निकालेर कानुनी कारबाहीमा जाने बताएको छ । ‘यस्तो अफवाह समाचार सम्प्रेषण गर्ने तथा बदनियतपूर्वक सामाजिक सञ्जालमा राख्नेविरुद्ध कानुनी कारबाही अघि बढाउने समेत सूचित गरिन्छ’, ताराले भनेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने रास्वपा कार्यालयमा सुकुम्बासी मोर्चाका नेताहरूले ज्ञापनपत्र बुझाएर फर्किए पूर्वराजा ज्ञानेन्द्र शाह पोखरामा रास्वपा कार्यालयमा सुकुमवासीहरू जाने भएपछि सुरक्षा व्यवस्था कडा विरोध प्रदर्शनमा उत्रिए सुकुम्बासी कांग्रेस संसदीय दलको नेता चयन आज सुनचाँदीको मूल्यमा गिरावट मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो