२०८३, ११ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

दिनेश कार्तिक आरसीबीको ब्याटिङ प्रशिक्षक र मेन्टर नियुक्त

२०८१, १७ असार सोमबार ११:२६

असार १७, काठमाडौँ  । भारतीय विकेटकिपर ब्याट्सम्यान दिनेश कार्तिकलाई आइपिएल टिम रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी) ले आफ्नो ब्याटिङ प्रशिक्षक र मेन्टर बनाएको छ ।

आरसीबीले कार्तिकलाई ब्याटिंग कोच र मेन्टर बनाएको जानकारी दिएको हो । कार्तिकले यस सिजनको आइपिएलपछि क्रिकेटका सबै फर्म्याटबाट सन्यासको औपचारिक घोषणा गरेका थिए ।


कार्तिकले भारतबाट खेल्दै २००७ को टी-२० विश्वकप र २०१३ को च्याम्पियन्स ट्रफी जितेका छन् । कार्तिकले भारतका लागि २६ टेस्ट, ९४ एकदिवसीय र ६० टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन् । आईसीसी ट्रफीसँगै कार्तिकले सन् २०१० र २०१८ मा भारतसँग एसिया कप पनि जितेका छन् ।

कार्तिकले भारतका लागि आफ्नो अन्तिम अन्तर्राष्ट्रिय खेल सन् २०२२ मा बंगलादेशविरुद्धको टी-२० विश्वकपमा खेलेका थिए ।

कार्तिक आइपिएलका सबै सिजन खेलेका थोरै खेलाडीमध्ये पर्छन् । उनले आइपिएलमा २५७ खेल खेलेका छन् र २६.३२ को औसतमा ४ हजार ८४२ रन बनाएका छन् । उनले आरसीबी बाहेक कोलकाता नाइट राइडर्स, मुम्बई इन्डियन्स, दिल्ली डेयरडेभिल्स, गुजरात लायन्स र किंग्स इलेभेन पञ्जाबबाट पनि आइपीएल खेलेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने रास्वपा कार्यालयमा सुकुम्बासी मोर्चाका नेताहरूले ज्ञापनपत्र बुझाएर फर्किए पूर्वराजा ज्ञानेन्द्र शाह पोखरामा रास्वपा कार्यालयमा सुकुमवासीहरू जाने भएपछि सुरक्षा व्यवस्था कडा विरोध प्रदर्शनमा उत्रिए सुकुम्बासी कांग्रेस संसदीय दलको नेता चयन आज सुनचाँदीको मूल्यमा गिरावट मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो