कात्तिक १२, कञ्चनपुर | नेपाल र भारतका सुरक्षा अधिकारी सीमा क्षेत्रमा हुने अपराध रोक्न सहमत भएका छन् । 

बिहीबार भारतको बनबासामा आयोजना गरिएको संयुक्त ब"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक १२, कञ्चनपुर | नेपाल र भारतका सुरक्षा अधिकारी सीमा क्षेत्रमा हुने अपराध रोक्न सहमत भएका छन् । 

बिहीबार भारतको बनबासामा आयोजना गरिएको संयुक्त ब"/>

२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

नेपाल-भारत सीमा क्षेत्रमा हुने अपराध रोक्ने सहमति

२०७३, १२ कार्तिक शुक्रबार ०४:१५

कात्तिक १२, कञ्चनपुर | नेपाल र भारतका सुरक्षा अधिकारी सीमा क्षेत्रमा हुने अपराध रोक्न सहमत भएका छन् । 

बिहीबार भारतको बनबासामा आयोजना गरिएको संयुक्त बैठकमा दुवै देशका सुरक्षा अधिकारीहरु सीमा क्षेत्रमा हुने चोरीका सवारीसाधनको अवैध पैठारी, मानव बेचबिखन, लागुऔषध ओसारपसार, वन्यजन्तुको छाला, हड्डी जस्ता अखेटोपहारको अवैध व्यापार र जाली नोटको कारोबार रोक्न सहमत भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक नैन सिंह कार्कीले जानकारी दिनुभयो । 

“बैठकमा जघन्य अपराध गरी एक अर्को देशमा लुकेर बसेका अपराधीका बारेमा सूचना आदानप्रदान गर्न, अवैध हातहतियारको कारोबारलाई नियन्त्रण गर्न र सीमा क्षेत्रमा हुने अपराध नियन्त्रण गर्न दुवै देशका सुरक्षाकर्मी सक्रिय रहने सहमति भएको छ,” उहाँले भन्नुभयो । उहाँका अनुसार बनबासा पुलमा आवतजावत गर्दा अनावश्यक हैरानी बेहोर्नुपरेको भनी नेपाली पक्षबाट आएका गुनासालाई सम्बोधन गर्ने, महाकालीपारि रहेको दोधारा चाँदनी नगरपालिकामा जाने सवारीसाधनलाई प्रमुख जिल्ला अधिकारीको सिफारिसमा सहज रुपमा आउजाउ गर्न दिनेलगायत सीमावर्ती क्षेत्रमा आइपर्ने अन्य समस्यालाई समन्वयात्मक ढङ्गबाट समाधान गर्ने विषयमा गहन छलफलपछि सहमति भएको छ । 

नेपाली गाडी बिना अनुमतिपत्र भारत जाँदा आरटिओमा तिर्नुपर्ने जरिवाना मिनाहा गरी खटिमादेखि पूर्णागिरिसम्म निर्बाध रुपमा आवातजावत गर्न दिने मौखिक सहमति समेत भएको छ । बैठकमा नेपाली पक्षबाट सुदूरपश्चिम प्रहरी प्रमुख डिआइजी विजयराज भट्ट, कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मनोहरप्रसाद खनाल, प्रहरी उपरीक्षक तुलसी अधिकारीलगायतको उपस्थिति थियो । यस्तै, भारतीय पक्षबाट कुमाउ परिक्षेत्र नैनीतालका पुलिस उपमहानिरीक्षक अजय रौतेलालगायत अन्य सुरक्षा अधिकारीको उपस्थिति थियो । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश आगामी तीन दिन देशका विभिन्न भागमा तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना राष्ट्रपति पौडेल समक्ष निर्वाचनसम्बन्धी प्रतिवेदन पेश शपथ ग्रहणबारे ६ दलसँग संसद् सचिवालयको छलफल सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने