२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

जलेश्वरमा झाडापखालाबाट एकको मृत्यु, ५२ जना सिकिस्त

२०७३, १२ कार्तिक शुक्रबार ०९:२३

कात्तिक १२, गौशाला । जलेश्वर नगरपालिका–१३ धबौलीस्थित दलित बस्तीमा झाडापखालाबाट एकजनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा जलेश्वर–१३ बस्ने श्रवण सदाकी छोरी दुई वर्षीया राधिका सदा रहेको जिल्ला जनस्वास्थ्य निरीक्षक सन्तोष ठाकुरले बताउनुभयो । 

झाडापाखालाबाट सिकिस्त भएकी राधिकालाई उपचारका लागि गएराति जिल्ला अस्पताल जलेश्वर ल्याउँदै गर्दा उनको बाटोमै मृत्यु भएको थियो । झाडापाखालाबाट सो वडाको दलित बस्तीमा ५२ जना प्रभावित भएको पनि उहाँले जानकारी दिनुभयो । 

चार दिनदेखि धबौलीमा झाडापाखालाको प्रकोप देखिएको र त्यसबाट गम्भीर रुपमा प्रभावित कमलेश सदा, उनकी आमा राजवती सदा, छोराहरु विवेक सदा र अमर सदाका साथै छिमेकी आलसी सदा, ज्ञानेन्द्र सदा, विकास सदा र विन्दिया सदालगायत आठजनाको उपचार जलेश्वर अस्पतालमा भइरहेको छ 

सो बस्तीका बासिन्दाले पाँच दिनअघि घर नजिकै रहेको एउटै खाल्डोबाट दूषित माछा र घोँघी खाएपछि उनीहरु झाडापाखालाबाट प्रभावित भएका थिए । जिल्ला जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक सन्तोषकुमार ठाकुरको नेतृत्वमा गएको चिकित्सकको टोलीले सो क्षेत्रमा औषधि समेत लगेर उपचार गरिरहेको र प्रभावितको अवस्था सामान्य भइरहेको जनाइएको छ । 

सशस्त्र प्रहरीद्वारा पटाका बरामद 

तस्करको एक समूहले भारतीय बजारबाट अवैध रुपमा चोरीपैठारी गरी ल्याएको ठूलो परिमाणको पटाका सशस्त्र प्रहरीले बरामद गरेको छ । 

तिहार र छठपर्वलाई लक्षित गर्दै तस्करले जिल्लाको विभिन्न नाकाबाट भित्र्याएका करिब रु दुई लाख मूल्य बराबरका विभिन्न पटाका बरामद गरेको सशस्त्र प्रहरी उपरीक्षक प्रकाश श्रेष्ठले बताउनुभयो । 

उहाँका अनुसार जिल्लाको मटिहानी, जलेश्वर, भिट्टामोड, सिस्वाकटैया, सम्सी, खैरबन्नी र रघुनाथपुरबाट ती पटाका बरामद गरेको हो । 

बरामद गरिएका पाटाकामा नागिन, झिरझिरे, आलुबम, राकेटलगायत रहेको र ती सबै पटाकालाई आज कार्यालय परिसरमा नष्ट गरिएको हो । 

अति प्रज्वलनशील पटका ल्याउन प्रतिबन्ध लगाइएपनि तिहार र छठजस्ता चाडबार्डका बेला तस्करले बढी मुनाफाका लागि लुकाइछिपाइ भित्र्याउने गर्छन् । 

सहकारी संस्थामा चोरी 

सदरमुकाम जलेश्वरस्थित एक सहकारी संस्थामा गएराति चोरी भएको छ । जलेश्वर नगरपालिका–५ स्थित युनाइटेड बचत तथा ऋण सहकारी संस्थामा चोरी भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

सो सहकारी संस्थाबाट रु एक लाख र कागजात चोरी भएको संस्थाका सचिव मनोजकुमार नायकले बताउनुभएको छ । 

जलेश्वरको अति व्यस्त मानिने जिल्ला प्रशासन जाने बाटोमा रहेको सो सहकारीमा गएराति चोरले मुख्य ढोकाको ताल्चा फोडी दराजमा रहेका रकम र कागजात चोरी गरेको सचिव नायकले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने