२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

जलेश्वरमा झाडापखालाबाट एकको मृत्यु, ५२ जना सिकिस्त

१२ कार्तिक २०७३, शुक्रबार ०९:२३

कात्तिक १२, गौशाला । जलेश्वर नगरपालिका–१३ धबौलीस्थित दलित बस्तीमा झाडापखालाबाट एकजनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा जलेश्वर–१३ बस्ने श्रवण सदाकी छोरी दुई वर्षीया राधिका सदा रहेको जिल्ला जनस्वास्थ्य निरीक्षक सन्तोष ठाकुरले बताउनुभयो । 

झाडापाखालाबाट सिकिस्त भएकी राधिकालाई उपचारका लागि गएराति जिल्ला अस्पताल जलेश्वर ल्याउँदै गर्दा उनको बाटोमै मृत्यु भएको थियो । झाडापाखालाबाट सो वडाको दलित बस्तीमा ५२ जना प्रभावित भएको पनि उहाँले जानकारी दिनुभयो । 

चार दिनदेखि धबौलीमा झाडापाखालाको प्रकोप देखिएको र त्यसबाट गम्भीर रुपमा प्रभावित कमलेश सदा, उनकी आमा राजवती सदा, छोराहरु विवेक सदा र अमर सदाका साथै छिमेकी आलसी सदा, ज्ञानेन्द्र सदा, विकास सदा र विन्दिया सदालगायत आठजनाको उपचार जलेश्वर अस्पतालमा भइरहेको छ 

सो बस्तीका बासिन्दाले पाँच दिनअघि घर नजिकै रहेको एउटै खाल्डोबाट दूषित माछा र घोँघी खाएपछि उनीहरु झाडापाखालाबाट प्रभावित भएका थिए । जिल्ला जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक सन्तोषकुमार ठाकुरको नेतृत्वमा गएको चिकित्सकको टोलीले सो क्षेत्रमा औषधि समेत लगेर उपचार गरिरहेको र प्रभावितको अवस्था सामान्य भइरहेको जनाइएको छ । 

सशस्त्र प्रहरीद्वारा पटाका बरामद 

तस्करको एक समूहले भारतीय बजारबाट अवैध रुपमा चोरीपैठारी गरी ल्याएको ठूलो परिमाणको पटाका सशस्त्र प्रहरीले बरामद गरेको छ । 

तिहार र छठपर्वलाई लक्षित गर्दै तस्करले जिल्लाको विभिन्न नाकाबाट भित्र्याएका करिब रु दुई लाख मूल्य बराबरका विभिन्न पटाका बरामद गरेको सशस्त्र प्रहरी उपरीक्षक प्रकाश श्रेष्ठले बताउनुभयो । 

उहाँका अनुसार जिल्लाको मटिहानी, जलेश्वर, भिट्टामोड, सिस्वाकटैया, सम्सी, खैरबन्नी र रघुनाथपुरबाट ती पटाका बरामद गरेको हो । 

बरामद गरिएका पाटाकामा नागिन, झिरझिरे, आलुबम, राकेटलगायत रहेको र ती सबै पटाकालाई आज कार्यालय परिसरमा नष्ट गरिएको हो । 

अति प्रज्वलनशील पटका ल्याउन प्रतिबन्ध लगाइएपनि तिहार र छठजस्ता चाडबार्डका बेला तस्करले बढी मुनाफाका लागि लुकाइछिपाइ भित्र्याउने गर्छन् । 

सहकारी संस्थामा चोरी 

सदरमुकाम जलेश्वरस्थित एक सहकारी संस्थामा गएराति चोरी भएको छ । जलेश्वर नगरपालिका–५ स्थित युनाइटेड बचत तथा ऋण सहकारी संस्थामा चोरी भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

सो सहकारी संस्थाबाट रु एक लाख र कागजात चोरी भएको संस्थाका सचिव मनोजकुमार नायकले बताउनुभएको छ । 

जलेश्वरको अति व्यस्त मानिने जिल्ला प्रशासन जाने बाटोमा रहेको सो सहकारीमा गएराति चोरले मुख्य ढोकाको ताल्चा फोडी दराजमा रहेका रकम र कागजात चोरी गरेको सचिव नायकले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव