कार्तिक १३ पर्वत ।सामुदायिक विद्यालयको शिक्षा गुणस्तरीय भएन भनी आलोचना आईरहेको बेला शैक्षिक विषयलाई लिएर पर्वतमा जिल्लास्तरीय वृहत     अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ ।
    ¥याण्डम रिडर्स सोसाईटी पर्वतद्धारा आयोजित अन्तरक्रिया "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कार्तिक १३ पर्वत ।सामुदायिक विद्यालयको शिक्षा गुणस्तरीय भएन भनी आलोचना आईरहेको बेला शैक्षिक विषयलाई लिएर पर्वतमा जिल्लास्तरीय वृहत     अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ ।
    ¥याण्डम रिडर्स सोसाईटी पर्वतद्धारा आयोजित अन्तरक्रिया "/>
४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

र्याण्डम रिडर्स सोसाईटीको गरमागरम शैक्षिक अन्तरक्रिया

१३ कार्तिक २०७३, शनिबार ०३:४६

कार्तिक १३ पर्वत ।सामुदायिक विद्यालयको शिक्षा गुणस्तरीय भएन भनी आलोचना आईरहेको बेला शैक्षिक विषयलाई लिएर पर्वतमा जिल्लास्तरीय वृहत अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ ।

र्याण्डम रिडर्स सोसाईटी पर्वतद्धारा आयोजित अन्तरक्रिया कार्यक्रमको शीर्षक असफल स्कूल परिचर्चा तथा सिकाई दायित्व थियो । असफल स्कुल नामक पुस्तक करीव ५० वर्ष पहिले अमेरिकी शिक्षाविद् तथा लेखक जोन हल्टले लेखेका हुन् । उनको पुस्तकमा विद्यालयप्रति विद्यार्थीको रुचि कम भएको र विद्यालय विद्यार्थीका लागि जेल जस्तै बनेकोबारे लेखिएको छ ।
विद्यार्थीलाई उसको रुचि अनुसार स्वतन्त्र पठनपाठनको व्यवस्था मिलाउनुपर्ने लेखक हल्टको तर्क छ । सोही पुस्तकबारे चर्चा गर्नु नेपालको सन्दर्भमा अझै उपयुक्त ठहर गर्दै आयोजक संस्था रिडर्स सोसाईटीले कुश्मामा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो ।
पठनसंस्कृतिको विकासमा समर्पित र्याण्डम रिडर्स सोसाईटीको आयोजनामा भएको अन्तरक्रिया कार्यक्रममा शिक्षाविद्, शिक्षक, समाजसेवी, विभिन्न संघसंस्थाका प्रतिनिधि, विभिन्न विद्यालय व्यवस्थापन समितिका सदस्यहरु, विद्यार्थी, लेखक, साहित्यकार लगायत शिक्षाप्रेमी व्यक्तित्वहरुको सहभागीता थियो । कार्यक्रममा सहभागीहरुले पुस्तकबारे आफूलाई लागेका जिज्ञासा राखेका थिए भने धेरै सहभागीहरुले नेपालको शैक्षिक अवस्था खस्कनुका कारणहरु उल्लेख गरे । सहभागीहरुले मुलुकको सामुदायिक विद्यालयको शैक्षिक अवस्था कमजोर हुनुमा राजनीतिक हस्तक्षेप, अभिभावकहरुको कम चासो, शिक्षकहरुको जवाफदेहितामा कमी, नियामक निकायको कमजोरी, भौतिक पूर्वाधारको कमी लगायतका विषय रहेको तर्क दिएका थिए ।

कार्यक्रममा नारायण उमाविका पूर्व प्राचार्य पृथ्वीनाराण शर्माले पुस्तकबारे टिप्पणी गरेका थिए । पुस्तक तथा समग्र शैक्षिक सिकाईबारे सिकाई समूहका अध्यक्ष तथा शिक्षाविद् धनन्जय शर्माले असफल स्कूल नामक पुस्तकमा उल्लेख गरेका सवै कुरा हाम्रो मुलुकको शैक्षिक अवस्थाको सन्दर्भमा ठ्याक्कै लागू हुन्छ भन्ने हैन तर केही कुरा सिकाई अवस्य हुन्छ । शिक्षाको गुणस्तर सुधारमा शिक्षकले चाहेमा सकिने भन्ने उनको तर्क थियो । राजनीतिलाई मात्र दोष दिएर शिक्षाको सुधार नहुने बरु राजनीतिलाई ठाउँ दिने कार्य विद्यालयका शिक्षकहरुले गर्न नहुने राय शिक्षाविद् शर्माले राखे । कार्यक्रममा सहभागीहरुको जिज्ञासाबारे जवाफ दिएका शिक्षाविद् शर्माले नेपालमा धेरै सफल विद्यालय रहेको बताउँदै असफल पुस्तकको अध्ययनले विद्यालयलाई सफल बनाउन सहयोग गर्ने समेत बताए । विद्यार्थीलाई उनको रुचि अनुसारको शिक्षा दिएमा मात्र सफल हुने भन्ने उनले सुझाए । नेपाल पव्लिक क्याम्पस संघका केन्द्रिय अध्यक्ष भोलानाथ ओझाले हामीले नोकरी गर्ने शिक्षा लिएको तर मालिक हुने शिक्षा लिन नसकेको बताए । उनले भने -‘हामीले डाक्टर, ईन्जिनियर लगायत बनाउने शिक्षा मात्र लियौ तर मान्छे बनाउने शिक्षा लिएनौ । यदि मान्छे बनाउने शिक्षा लिएको भए त डाक्टर पढेकाले विरामीको सेवालाई महत्व दिने थियो पैसालाई मात्र दिने थिएन । संसारमा आमा जस्तो ठुलो कुरा केही छैन । हामीले आमालाई माया गर्ने शिक्षा दिन सक्नुपरेको छ ।’

कार्यक्रममा जिल्ला शिक्षा अधिकारी कुश्मराज उपाध्याय विशिष्ट अतिथि र हस्त लेखन विज्ञ बामदेव योगीले अतिथिको रुपमा रुपमा बोलेका थिए । रिडर्स सोसाईटीका अध्यक्ष लेखनाथ शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिव शंकर गिरीले गरेका थिए भने स्वागत मन्तव्य राजेन्द्र पहाडीले गरेका थिए । कार्यक्रममा धन्यवाद ज्ञापन प्याव्सन पर्वतका अध्यक्ष हिम बहादुर पौडेल क्षेत्रीले राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ स्पा र होटलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ रास्वपाबाट समानुपातिक तर्फ ३५३ जनाले दिए उम्मेदवारी, १२ र १३ गते प्रारम्भिक निर्वाचन एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता