कार्तिक १३ पर्वत ।मृगौला पीडित ४० वर्षे एक दलित युवालाई आफ्नो जीवन पुरै बाँच्न मन छ । डाक्टरले मृगौला नफेर्ने हो भने अव जीवन लामो छैन भनी घोषणा गरिदिई सकेका छन् ।
     तैपनि मृगौला पीडित भई थलिएका विकलाई मरिहाल्छु भन्ने लाग्दैन । माया र दया भएका मानिसको सह"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कार्तिक १३ पर्वत ।मृगौला पीडित ४० वर्षे एक दलित युवालाई आफ्नो जीवन पुरै बाँच्न मन छ । डाक्टरले मृगौला नफेर्ने हो भने अव जीवन लामो छैन भनी घोषणा गरिदिई सकेका छन् ।
     तैपनि मृगौला पीडित भई थलिएका विकलाई मरिहाल्छु भन्ने लाग्दैन । माया र दया भएका मानिसको सह"/>
९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

मृगौला पीडित युवा भन्छन्- ‘मरिहाल्छु भन्ने लाग्दैन’

१३ कार्तिक २०७३, शनिबार ०३:५०

कार्तिक १३ पर्वत ।मृगौला पीडित ४० वर्षे एक दलित युवालाई आफ्नो जीवन पुरै बाँच्न मन छ । डाक्टरले मृगौला नफेर्ने हो भने अव जीवन लामो छैन भनी घोषणा गरिदिई सकेका छन् ।

तैपनि मृगौला पीडित भई थलिएका विकलाई मरिहाल्छु भन्ने लाग्दैन । माया र दया भएका मानिसको सहयोग पाएमा बाँच्छु भन्ने आशा उनमा छ । आफ्नो मृत्यु नजिकै आईरहेको देखेर पनि बाँच्छु भन्ने आशा पाल्ने युवा हुन् -देवीराम विक । विक भन्छन् –‘सवैको साथ र सहयोग पाईएला नि कसरी उमेरमै मरम् ला र ?’ उनलाई गाउँमा सवैले रामभक्त विक भनेर चिन्छन् । पीडित विक पर्वत कुश्मा नगरपालिका १९ पीपलटारीका स्थायीबासी हुन् ।

पीडित विकले आफ्ना दुवै मृगौलाले काम गर्दैन र फेल भईसकेका छन् भन्ने कुरा आजभन्दा ६ महिना पहिला डाक्टरको मुखबाट सुने । पेशाले कृषक रहेका विक त्यतिबेला जिल्ला अस्पताल पर्वत पुगे जतिबेला उनलाई पिसाव फेर्न गाह्रो भयो र श्वास फेर्न मुश्किल भयो । जिल्ला अस्पतालको सल्लाह अनुसार थप उपचारका लागि पोखराको गण्डकी अस्पताल उनी पुगेका थिए । केही समय पोखराकै मणिपाल अस्पलतामा चेकजाँच र सामान्य उपचारपछि पीडित विक काठमाण्डौको शिक्षण अस्पताल पुगेका हुन् ।

शिक्षण अस्पतालका डाक्टरहरुले उनलाई मृगौला  प्रत्यारोपण गर्न सुझाएका छन् । मृगौला प्रत्यारोपण नगरुन्जेल आवश्यक समयमा उनले डायालाइसिस गर्नुपर्ने छ । हालसम्म पीडत विकले १ लाख खर्चिसकेका छन् । घरमा वचत नगदको नाममा एक रुपैयाँ छैन । पीडित विकले दुःख पोख्दै भने ( ‘उपचार खर्च जुटाउन जग्गा नै विक्री गरौ भने पनि छैन । ऋण कोसँग मागौ ? सवैसँग सहयोगको याचना गर्नुको विकल्प छैन ।’ हलो र कोदालोको भरमा जीवन गुजारा गर्दै आएका विक निम्न वर्गीय व्यक्ति हुन् । रोग लागेपछि अहिले त्यही हलो र कोदालो पनि चलाउन सक्ने तागत छैन पीडित विकसँग । उनको नाममा वर्ष दिनलाई खानपुग्ने अन्नवाली उव्जाउ हुने जमिन छैन ।

घरमा ८३ वर्षीय बाबु मिन बहादुर विक र ७३ वर्षीय आमा मनु विक छन् । बाबुले अझै पनि आफ्नो पुख्यौली पेशा आरन चलाउदै छन् । घरमा ३६ वर्षीय श्रीमति पुर्णा विक र एक छोरा छन् । पीडित विकले आफ्नो घरपरिवारका सदस्यहरुलाई आफ्नो व्यथा सुनाएपछि घरकी वृद्ध आमाले भनिन् – ‘बाबु त मरेर म किन बाँच्नु परेको छ र ? मेरो मृगौला तँलाई दिन्छु ।’ उनलाई आमाले मात्र हैन । उनको श्रीमति र १७ वर्षे छोराले पनि मृगौला दिन तयार छन् । मृगौला प्रत्यारोपणका लागि यदि मृगौला दिने व्यक्ति भयो भने ८ लाख खर्च हुने काठमाडौमा डाक्टरहरुले बताएको विक बताउँछन् ।

विकलाई आफन्तीले मृगौला दान गर्छु भनेको भएपनि उनीसँग भने मृगौला प्रत्यारोपणका लागि चाहिने रकम नै साथमा छैन । यही रकम जुटाएपछि मृत्युलाई जित्छु र बाँच्छु भन्ने आशा लिएर हिडेका छन् मृगौला पीडित दलित युवा रामभक्त ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता