२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

प्रहरी देखेपछि तीन तलाबाट हामफाल्दा युवतीको मृत्यु

१३ कार्तिक २०७३, शनिबार ०८:५६

कत्तिक १३, तुलसीपुर | एक बिशेष मिसनमा खटिएको प्रहरीलाई देखेपछी दाङको तुलसीपुर बजारदेखि उत्तरतिर रहेको होटेल ग्रीनपार्कको तीन तलाबाट हामफालेकि एक युवतीको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका डीएसपी लोकनाथ तिमिल्सिनाको नेतृत्वमा बिहीबार साँझ प्रहरीको उक्त टोली गस्तीमा गएको थियो । जब प्रहरी टोली उक्त होटलमा पुग्यो तब त्यहाँ दुई युवकको साथमा रहेकी एक युवती प्रहरीको डरले होटल तेश्रो तालाबाट हाम्फालेकि हुन् । उनको त्यसै बेला मृत्यु भयो । अर्कै कामले उक्त होटल छापा मार्न त्यहाँ प्रहरी पुगेको थियो तर प्रहरी देख्ना साथ हतास भएर ति युवती हामफालेको प्रहरीले जनाएको छ ।

दुईजना युवकहरुसँग प्रहरी पुग्नुभन्दा केहि समय अगाडी मात्र उक्त होटेलमा ती युवती छिरेकी थिइन् । जब प्रहरी होटलमा छापा मार्ने क्रममा होटल छिरेको थाहा पाए तब युवाहरु कोठाबाट बाहिरिए । प्रहरी पुग्दा कोठामा ति युवती एक्लै थिइन्त्य तब युवतीले हतारमा होटेलबाटै हाम्फाल्ने निर्णय लिइन् । प्रहरीको भनाई छ । 

अघिल्लो दिन तुलसीपुरको बसपार्कबाट एकजनालाई आँखामा खुर्सानीको धुलो हालेर १६ लाख रुपैयाँ लुटिएको घटनालाई लिएर अनुसन्धानमा खटिएको प्रहरीले उक्त होटलमा शंकास्पद व्यक्ति छिरेको भन्ने सूचना पाएको कारण उक्त होटल पुगेको बताएको छ । तर घटना अर्कै घट्यो । प्रहरीका अनुसार प्रहरी उक्त होटलमा छापा मार्ने उध्यश्यले गएको थिएन । 

युद्धकालमै बाबु गुमाएकी ति युवती टुहुरी हुन् । उनको बुबालाई तत्कालीन समयमा माओवादीले अपहरण गरेर मारेका थिए । बुबा गुमाएकी उनलाई केहि समयपछी आमाले पनि छाडेर दोस्रो बिहे गरेकी थिइन् । त्यसपछि उनि आफ्ना हजुरबुबा र हजुरआमासँगै बस्दै आएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव