२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

गुल्मीको जैसीथोकमा डेड वर्षदेखि खानेपानी अलपत्र

१३ कार्तिक २०७३, शनिबार १२:३०

हुमकान्त पोखरेल | कात्तिक १२, गुल्मी । गुल्मीको जैसिथोकमा खानेपानीको धारा निर्माण गरेको करिब डेढ बर्ष बितिसक्दा पनि खानेपानी संचालन हुन सकेको छैन् । 

जैसिथोक गाविसमा सञ्चालीत होलबाङ् बाङ्ग्रा खानेपानी समिति र पछि गठन भएको लिफ्टिन खानेपानी आयोजना मार्फत १५ वटा धारा निर्माण भएका थिए । पुरानो खानेपानी योजना मार्फत पर्यात्त मात्रामा जनतालाई खानेपानी उपलब्ध नभएपछि खानेपानीलाई सर्भसुलभ बनाउने उदेश्यले धारा निर्माण गरिएको समितिले जनाएको छ ।

साथै थप भएका १५ वटा धारामा पहिलेनै संचालन भएका धाराहरुबाट पानी वितरण गर्ने समितिको योजना रहेको थियो । जैसिथोक ५ निवासी वीर बहादुर नेपालीले डेढ बर्षसम्म पनि धाराबाट पानी नआएकोले सहजै खानेपानी पिउन पाइएला की भन्ने आश हराएको बताउनुभयो । समितिले समयमै ध्यान नदिए आफुहरुले अझैपनि पधेँरो नै धाउनपर्ने बताउनुभयो ।

त्यस्तै जैसिथोक १ का शुशिल खनालले समितिको उदाशिनताका कारण अहिले सम्म धारामा पानी नआएको आरोप लगाउनुभयो ।  उहाँले अब जतिसक्दो छिटो सम्बन्धित निकायलाई घचघच्याएर पानी ल्याउने तर्फ सबैको ध्यान जानुपर्ने बताउनुभयो । ठेकेदार देविराम पराजुलीले खानेपानीको पाइप अफिसले इष्टिमेट गरेअनुसार नै जैसिथोक पुर्याएकाले समितिले उपभोक्ता मार्फत लाइन खनेर पाइप बिछ्याएमा आफूले जडान गर्ने बताउनुभयो । साथै जतिसक्दो छिटो पाइप बिच्छ्याइयोस भन्ने पक्षमा आफु रहेको बताउनुभयो ।

होलबाङ बाङ्ग्रा खानेपानी समितिका सचिव डिल बहादुर पोखे्रलले धारा निर्माण कार्य जैसिथोक लिफ्टिङ खानेपानी उपभोक्ता समिति मार्फत भएको उल्लेख गर्दै पानी ल्याउने जिम्मा पनि सोहि समितिको रहेको बताउनुभयो । जैसिथोक लिफटिङ खानेपानी उपभोक्ता समिति अध्यक्ष विरेन्द्र कुवँरले दुवै समितिहरु मिलेर खानेपानी सञ्चालन गरेको भन्दै सो काम पनि दुवै समितिहरु मिलेर गर्नुपर्ने बताउनुभयो ।

साथै उहाँले आफूले जतिसक्दो छिटो पानी ल्याउने पक्षमा रहेको र यसका लागि आफूले पहल गरिरहेको बताउनुभयो । मासिक बैठक बसि रकम उठाउने लगायतका कार्यहरु होल्बाङ बाङ्ग्रा समितिमार्फत भएको बताउदै उहाँले सो काम लिफटिङको मात्र हो भन्ने कुरालाई भने खण्डन गर्नुभएको छ । जैसिथोक गाविसमा रहेको दुवै समितिभधकमार्फत खनेपानीका विभिन्न कार्यहरु सम्पन्न हुदैँ आएका छन् । तर केहि समितिका पदाधिकारी त्सबाट बच्नको लागि अर्को समितिलाई आरोप लगाउने गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव