कात्तिक १३, धुलिखेल । वैदिक सनातन हिन्दू धर्म अनुसार हवन गर्दा वातावरणीय अशुद्धतालाई हटाई वर्षा हुने तथ्य वैज्ञानिक रुपमा प्रमाणित भएपछि ५२ जापानी नागरिकले आजदेखि दुई दिने अन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कात्तिक १३, धुलिखेल । वैदिक सनातन हिन्दू धर्म अनुसार हवन गर्दा वातावरणीय अशुद्धतालाई हटाई वर्षा हुने तथ्य वैज्ञानिक रुपमा प्रमाणित भएपछि ५२ जापानी नागरिकले आजदेखि दुई दिने अन"/>

२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काभ्रेपलान्चोक - KVP

५२ जना जापानी नागरिकद्वारा सामूहिक यज्ञ सुरु

२०७३, १३ कार्तिक शनिबार १४:१०

कात्तिक १३, धुलिखेल । वैदिक सनातन हिन्दू धर्म अनुसार हवन गर्दा वातावरणीय अशुद्धतालाई हटाई वर्षा हुने तथ्य वैज्ञानिक रुपमा प्रमाणित भएपछि ५२ जापानी नागरिकले आजदेखि दुई दिने अनुष्ठान सुरु गराएका छन् । 

काभ्रेपलाञ्चोकको धुलिखेल लज रिसोर्टमा आजदेखि १३ नेपाली वैदिक पण्डित राखेर यज्ञ सुरु गरिएको हो । जापानको कोउची सहरबाट आउनुभएका जापानी धर्मगुरु आराधा आयातोसीसहितका ५२ जनाले आँखा चिम्लेर वैदिक रुद्राभिषेक चाखपूर्वक सुनेका थिए । 

विश्वमा धार्मिक सहिष्णुता, सामाजिक सद्भाव, आर्थिक उन्नति र दिगो शान्तिको सङ्कल्प लिएर हिँड्नुभएका धार्मिक गुरु आयातोसीले विश्वका धेरै देशमा त्यहाँको धर्म अनुसार अनुष्ठान गर्दै आउनुभएको छ । संयुक्त राष्ट्र सङ्घको शान्ति दूतका रुपमा समेत काम गरिसक्नुभएका उहाँले सन् २००७ देखि नेपालमा अनुष्ठान सुरु गर्नुभएको हो । 

उद्देश्य प्राप्तिका लागि बर्सेनि एकपटक नेपालमा यज्ञ गराउन आउनु हुने आयातोसीलाई स्वामी गोपालबाबाले ‘जापानी गुरु मोन्जु सत्य’ उपाधि समेत दिनुभएको छ । कार्यक्रमको संयोजन गर्नुहुने नवीन डङ्गोल, पारु डङ्गोल राउत एवम् पण्डितद्वय शिवप्रसाद पोखरेल र हरिकृष्ण प्याकुरेललाई आयातोसीले दुई महिना अघि जापानस्थित आफ्नै घरमा बोलाएर दुई हप्ताको यज्ञ गराउनुभएको थियो । 

नेपाली पण्डितबाट यज्ञ गराएपछि आत्म शान्ति भई उद्देश्य प्राप्तिमा सहजता महसुस गरेको उहाँले बताउनुभयो । शुक्रबार बौद्ध लामा गुरुबाट बौद्धस्तुपमा पूजापाठ गराई शनिबार र आइतबार रुद्राभिषेक, महालक्ष्मीपूजा, धनदेश्वरी हवन र श्रीसुक्त पाठ एवम् जप गरिने कार्यक्रम रहेको पण्डित पोखरेलले जानकारी दिनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित