२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

अनुहारमा बसेको झिँगा मार्न खोज्दा यी पुरुषले गुमाए दृष्टि

२०८१, १५ श्रावण मंगलवार ०८:५३

साउन १५, काठमाडौँ । गर्मीका महिनामा कतिपय स्थानमा भुनभुन गर्दै भन्किरहेका झिँगा कम्ती दिक्क लाग्दा हुँदैनन् । पसिनाले लत्रक्क परेको ज्यान, टाउको वा अनुहारमा बसेर झिँगाले जिस्काइरहँदा कस्तो झोक चलेर आउँछ । तर झिँगा बस्यो भन्दैमा आफ्नै टाउको वा अनुहारमा बेस्कन हिर्काउन वा  मार्न पनि हुन्न भनेर डाक्टरहरू भन्छन् । यसको कारण पनि छ । झिँगाले डरलाग्दो ब्याक्टेरिया बोक्छन् । छालामा बसेको बेलामा झिँगालाई प्याट्ट हिर्काउँदा यसले बोकेर ल्याएका ब्याक्टेरिया पनि  छालामा लतपतिन सक्छ र गम्भीर परिणाम निम्तन सक्छ ।

चीनको सेञ्झेन सहरका एक पुरुषको कुरा गरौं न । याङचेङ इभिनिङ न्युजका अनुसार वु थरका एक पुरुषले अनुहारमा बसेको एउटा मसिनो खालको झिँगालाई हिर्काउँदा उनलाई डाक्टरहरूले समेत उपचार गर्न नसक्ने ब्याक्टेरियाको सङ्क्रमण भयो । उनले आफ्नो टाउको वरिपरि भुन्भुनाएर अनुहारमा बसेको झिँगालाई मारेका थिए । उनले यसबारे केही सोचेका पनि थिएनन् । तर यो घटनाको एक घण्टापछि नै उनको आँखा रातो भएर सुन्नियो अनि दुख्न थाल्यो । पहिला त उनले यसलाई सिजनल आई फ्लु भन्ने सोचे । तर औषधि खाएर पनि आँखा ठीक भएन ।


जब स्थिति खराब बन्दै गयो उनी नजिकैको अस्पतालमा जँचाउन गए । त्यतिबेलासम्म उनको बायाँ आँखाको दृष्टि पूरै गुमिसकेको थियो । आँखा वरिपरि घाउ बनेको थियो । जँचाएपछि उनले आफूलाई सिजनल आई फ्लु नभएर ब्याक्टेरियल इन्फेक्सन भएको थाहा पाए । यो सङ्क्रमण औषधिले निको पार्न नसक्ने भइसकेको थियो । सङ्क्रमण मस्तिष्कसम्म नपुगोस् भनेर डाक्टरहरुले उनको बायाँ आँखाको डल्लै निकालेर फ्याँकिदिए । यतिबेला वुको कथा चीनको सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । विज्ञहरूले अनुहारमा झिँगा बस्यो भने हात हल्लाएर यसलाई धपाउने कोसिस मात्रै गर्न भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु २३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले