१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

अनुहारमा बसेको झिँगा मार्न खोज्दा यी पुरुषले गुमाए दृष्टि

१५ श्रावण २०८१, मंगलवार ०८:५३

साउन १५, काठमाडौँ । गर्मीका महिनामा कतिपय स्थानमा भुनभुन गर्दै भन्किरहेका झिँगा कम्ती दिक्क लाग्दा हुँदैनन् । पसिनाले लत्रक्क परेको ज्यान, टाउको वा अनुहारमा बसेर झिँगाले जिस्काइरहँदा कस्तो झोक चलेर आउँछ । तर झिँगा बस्यो भन्दैमा आफ्नै टाउको वा अनुहारमा बेस्कन हिर्काउन वा  मार्न पनि हुन्न भनेर डाक्टरहरू भन्छन् । यसको कारण पनि छ । झिँगाले डरलाग्दो ब्याक्टेरिया बोक्छन् । छालामा बसेको बेलामा झिँगालाई प्याट्ट हिर्काउँदा यसले बोकेर ल्याएका ब्याक्टेरिया पनि  छालामा लतपतिन सक्छ र गम्भीर परिणाम निम्तन सक्छ ।

चीनको सेञ्झेन सहरका एक पुरुषको कुरा गरौं न । याङचेङ इभिनिङ न्युजका अनुसार वु थरका एक पुरुषले अनुहारमा बसेको एउटा मसिनो खालको झिँगालाई हिर्काउँदा उनलाई डाक्टरहरूले समेत उपचार गर्न नसक्ने ब्याक्टेरियाको सङ्क्रमण भयो । उनले आफ्नो टाउको वरिपरि भुन्भुनाएर अनुहारमा बसेको झिँगालाई मारेका थिए । उनले यसबारे केही सोचेका पनि थिएनन् । तर यो घटनाको एक घण्टापछि नै उनको आँखा रातो भएर सुन्नियो अनि दुख्न थाल्यो । पहिला त उनले यसलाई सिजनल आई फ्लु भन्ने सोचे । तर औषधि खाएर पनि आँखा ठीक भएन ।


जब स्थिति खराब बन्दै गयो उनी नजिकैको अस्पतालमा जँचाउन गए । त्यतिबेलासम्म उनको बायाँ आँखाको दृष्टि पूरै गुमिसकेको थियो । आँखा वरिपरि घाउ बनेको थियो । जँचाएपछि उनले आफूलाई सिजनल आई फ्लु नभएर ब्याक्टेरियल इन्फेक्सन भएको थाहा पाए । यो सङ्क्रमण औषधिले निको पार्न नसक्ने भइसकेको थियो । सङ्क्रमण मस्तिष्कसम्म नपुगोस् भनेर डाक्टरहरुले उनको बायाँ आँखाको डल्लै निकालेर फ्याँकिदिए । यतिबेला वुको कथा चीनको सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । विज्ञहरूले अनुहारमा झिँगा बस्यो भने हात हल्लाएर यसलाई धपाउने कोसिस मात्रै गर्न भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह