१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

अर्कैसँग प्रेममा परेको आशंकामा प्रेमिकाको घाँटी थिची हत्या

१५ श्रावण २०८१, मंगलवार ०९:२६

साउन १५, काठमाडौँ । ४६ वर्षीया प्रेमिकाको घाँटी थिचेर हत्या गरेको आरोपमा हङकङमा ४३ वर्षीय इन्जिनियर पक्राउ परेका छन्।

प्रहरीका अनुसार उनीहरू दुवै जना एकै कम्पनीमा कार्यरत थिए। गत मंगलबार उनीहरूबीच विवाद भएको थियो।

यस क्रममा आवेगमा आएका वान उपनामका इन्जिनियरले प्रेमिकाको घाँटी थिच्दा उनको निसास्सिएर मृत्यु भएको देखिएको ताइसिन जिल्ला अपराध शाखा प्रमुख इन्स्पेक्टर चाउचुनले बताए।


घटनापछि वानले प्रेमिकाको फोनमार्फत उनकै भेषमा कम्पनीका सुपरभाइजरलाई सम्पर्क गरी बिदा मागेका थिए। यसपछि उनले त्यो फोन पानीमा फ्याँकिदिए।

महिला धेरै दिनदेखि फ्ल्याटबाट बाहिर ननिस्कएपछि आफन्तले वाह के हाउसका कामदारको सहयोगमा ताला खोलेर हेर्दा उनी ओच्छ्यानमै  मृत भेटिएकी थिइन्।

आफन्तले प्रहरीलाई खबर गरेपछि घटना बाहिर आएको हो।

ओच्छ्यानमै मृत भेटिएकी उनको देब्रे आँखा र घाँटीनेरको हड्डी (कलरबोन)मा चोट लागेको थियो। साथै, अनुहारमा पनि रगतको दाग देखिएको प्रहरीले जनाएको छ। पोस्टमार्टम रिपोर्टले उनको निसास्सिएर मृत्यु भएको पुष्टि गरिसकेको छ।

सीसीटीभी फुटेजको हेरेपछि प्रहरीले दुई जना घटनाको रात सँगै फ्ल्याटमा रहेको निष्कर्ष निकालेको छ।

वानले अन्य व्यक्तिसँग सम्बन्धमा रहेको आशंकमा आफूले प्रेमिकाको घाँटी थिचेर हत्या गरेको स्वीकार गरिसकेको प्रहरीले जनाएको छ।

जानकार स्रोतका अनुसार घटना घटेको फ्ल्याट महिलाको स्वामित्वमा छ। उनी पहिले विवाहित रहे पनि अहिले सम्बन्ध विच्छेद गरेर एक्लै त्यहाँ बस्ने गरेकी थिइन्। उनका सन्तान छैनन्।

यता वान भने विवाहित हुन्। उनका बच्चा समेत छन्। कहिलेकाहिँ महिलाको फ्ल्याटमा जाने उनी आफ्नो प्रेमिका तेस्रो व्यक्तिसँग प्रेममा रहेकोमा निकै शंकालु थिए। हत्याको आरोपमा पक्राउ परेका वान हाल हिरासतमा छन्। (द स्ट्यान्डर्ड)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह