१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

गरुडाका मेयरलाई बाँदरले क्षति गरेको उखु उपहार

१७ श्रावण २०८१, बिहीबार ०९:२८

साउन १७, रौतहट । बाँदरले अनावश्यक दुख दिएको भन्दै रौतहटको मध्यभाग गरुडा नगरपालिकाका किसानहरु आन्दोलित भएका छन् ।

बाँदरले किसानको बाली खाइदिने तथा बाली उत्पादन नै हुन नदिने भएपछि नियन्त्रणको माग गर्दै जिल्लाको मध्यभाग गरुडा बजारको मूल सडकमा मेयर प्रत्याशी दीपक कुमार यादवको नेतृत्वमा गएका किसानहरुले प्रदर्शन पछी मेयर कन्थमणि जैसवाल लाई क्षतिग्रस्त उँखु उपहार दिएको छ।


बाँदरले बालीनाली सखाप पारी आतंक मच्चाएको भन्दै बाँदर नियन्त्रणको माग गर्दै किसानहरु गत असार १५ गते देखी आन्दोलनमा उत्रेका छन् ।

बाँदर नियन्त्रणका लागि यस अघी किसानहरुले असार १६ गते गरुडा नगरपालिकामा ज्ञापनपत्र बुझाएका थिए।

 प्रत्यासी यादवको नेतृत्वमा दर्जनौँको संख्यामा गएका किसानहरुले  बिहिवार मेयर कन्थमणि जैसवाल लाई सम्बोधन गर्दै गरुडा नगरपालिकाको मूल गेटमा बाँदरले क्षतिगरेको उँखु उपहार स्वरुप राखेका थिए ।

गरुडा नगरपालिका वडा २ गेडही गुठि, ३ मलाहिटोल, वडा ४ गरुडा, वडा ८ बसबिटि जिंगडिया, गम्हरीया लगाएत गाउँका किसानको बालीनालीमा बाँदरले क्षति पुरयाएको भन्दै बाँदरको उचित व्यवस्थापन तथा नियन्त्रण गरिदिन माग गर्दै आएका छन।

झण्डै चार सयको संख्यामा रहेको बाँदरको समुहले  पछिल्लो चार वर्षदेखी गरुडा नगरपालिकाका किसानहरुले लगाउने धान, मकै, उखु, तरकारी लगाएत बालीनाली नष्ट गर्दै आएको नेता यादवले बताएका छन।

वर्षभरीलाई पुग्ने खाद्यान्न बाँदरको हुलले एकैछिनमा सखाप पार्ने गरेका कारण धेरै मिहिनेत र लगानी गरेर बाली उब्जाउने किसानहरु निकै समस्यामा परेको किसानहरूले दुखेसो पोखेका छन्।

 २५ किलोमिटर भन्दा टाढा वनबाट आएको बाँदर फर्की जान नसकेर गरुडा नगर क्षेत्रको गाउँको छेउछाउमा बस्ने गरेको र किसानहरुको बालीमा क्षति पुरयाउने गरेका छन् ।

बाँदरले खेतबारीमा फल्दै गरेको मकै , उँखु लगाएतका बालीनाली मात्र होइन, मान्छे नभएको मौकामा घरभित्रै पसेर अन्नपात समेत नास गर्ने गरेको किसानले गुनासो गर्दै आएका छन् । धान र गहुँको समयमा खासै दुःख नदिने बाँदरले मकै पाक्ने याममा र उँखु तयारी अवस्थामा बढी समस्यामा पारेको गम्हरीयाका किसान विनोद यादवको गुनासो छ ।

२० मिनेट मात्रै बाँदर खेतमा पसेमा सारा खेतीपाती नष्ट गर्ने भएकाले बाँदर नियन्त्रण गर्न अति आवश्यक रहेको उनीहरुको भनाइ छ ।  

राते, बाह्रबिसे र सेते प्रजातिका झण्डै चार सयको हाराहारीमा आउने बाँदरले किसानहरुलाई सताउने गरेको छ । वर्षभरिलाई पुग्ने खाद्यान्न एकैछिनमा सखाप पार्ने भएपछि किसान अरु कामधन्दा छाडेर बाँदर धपाउने गरेका छन्।  सबैभन्दा बढी बाँदरले रुचाउने मकै रहेको किसानहरु बताउँछन । बाँदर नियन्त्रण गर्न मेयर जैसवालले चासो नलिएको किसानहरूको आरोप रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह