१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

कतारी राजा नेपाल आउँदा सरकारको सवा करोड खर्च

१७ श्रावण २०८१, बिहीबार १०:००

साउन १७,  काठमाडौँ । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी नेपाल आउँदा नेपाल सरकारको १ करोड २९ लाख ५० हजार रूपैयाँ खर्च भएको छ । सो रकम अर्थमन्त्रालयले राष्ट्रपति कार्यालयलाई रकमान्तर गरेर भुक्तानी गरेको छ ।

अर्थमन्त्रालयले कतारका आमिरको नेपाल भ्रमणका क्रममा राष्ट्रपति कार्यालयबाटभएको दायित्व भुक्तानी गर्न सो रकम रकमान्तर गरी दिइएको जनाएको छ । उक्त रकम भोज, स्वागत सत्कार बिदाईको खर्च भएको बताइएको छ । कतारका आमिर गत वैशाख ११ गते दुई दिने भ्रमणमा नेपाल आएका थिए । उनी करिब २२ घण्टा काठमाडौं बसेर फर्किएका थिए ।

राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणमा आमिर नेपाल आएका थिए । थानीको दुई दिने नेपाल भ्रमणका क्रममा नेपाल र कतारबीच ८ बुँदे समझदारी र सम्झौता पत्रमा हस्ताक्षर भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह