२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

गाउँपालिका नै बनाउन निसीखोलाका ४ गाविस सहमत

२०७३, १४ कार्तिक आईतवार ०४:११

कृष्ण कँडेल | कार्तिक १४, बुर्तिबाङ (बागलुङ) | 

बागलुङको निर्वाचन क्षेत्र नम्बर–३ निसीखोलामा पर्ने ४ ओटा गाविसका राजनैतिक दलले यसअघि जिल्ला प्राविधिक समितिले प्रश्ताब गरेको निसीखोला गाउँपालिका नै उपयुक्त भएको निष्कर्ष निकालेका छन् । 

ईलाकालाई समेत आधार मानेर स्थानिय निकाय बनाउन सकिने मापदण्ड आएपछि स्थानिय निकाय गठनको अर्को बहस भईरहँदा आज देविस्थानमा भएको सर्वदलिय बैठक यस्तो निष्कर्षमा पुगेको हो । 

राजकुत, देविस्थान, बोहरागाउँ र निसीको जनसंख्या, भुगोल लगायत सम्पुर्ण मापदण्ड पुरा हुने भएकाले गाउँपालिका बनाउने निर्णय गरेको नेकपा माओवादी केन्द्रका जिल्ला सचिवालय सदस्य कुविर विश्वकर्माले जानकारी दिनुभयो । उहाँले बुर्तिबाङमा बस्ने केहि टाँठाबाठाहरुले भन्दैमा  र कसैको नाम डेलिकेशन समितिमा राख्दैमा स्थानिय नागरिकलाई अपायक पर्ने गरि निसी तथा बोहरागाउँलाई अलपत्र परेर नगरपालिकामा जान नसकिने तर्क गर्नुभयो ।

“यसरी बन्ने गाउँपालिकाको केन्द्र पायक पर्ने गरि देविस्थानको कुनै ठाउँमा राख्न बोहरागाउँ र निसीका राजनैतिक दलपनि सहमत छन् ।”  माओवादी नेता विश्वकर्माले भन्नुभयो, “पुष्पलाल मध्यपाहाडीलोकमार्ग तथा सालझण्डी–ढोरपाटन सडकले पनि ४ ओटै गाविसलाई जोडेका छन्, हामी आफै गाउँपालिका बन्न योग्य छौँ, किन अन्यत्र जानुपर्यो ?”

यसअघि जिल्ला प्रविधिक समितिले निसीखोला गाउँपलिकाको केन्द्र बोहरागाउँ प्रश्ताब गरेपछि बुर्तिबाङ केन्द्र हुने स्थानिय निकाय नजिक पर्ने भन्दै गाउँ कार्यसमितिमा एकमतले निर्णय नै गरेको नेपाली काँग्रेशका क्षेत्रीय सदस्य भबेन्द्र कुँवरले देविस्थान केन्द्र भए निसी गाउँपलिका नै मान्ने बताउनुभयो । बैठकमा नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाका स्थानिय नेताको सहभागीता रहेको थियो । 

निसीखोलाका गाविसको विषयमा नेपाली काँग्रशको क्षेत्रीय कार्यसमितिले ४ ओटै गाविसलाई बुर्तिबाङ केन्द्र हुने गरि प्रश्ताब गरिएको नगारपालिकामा राखेको छ । नेकपा माओवादी केन्द्रका जिल्ला सचिवालय सदस्य चन्द्र अर्यालले पनि साधनस्रोत सम्पन्न बालियो नगरपालिका बनाउन चारओटै गाविसलाई बुर्तिबाङ केन्द्रमा ल्याउनुपर्ने बताउँदै आउनुभएको छ । 

एमालेका क्षेत्रीय संयोजक ज्ञानप्रसाद कँडेल र राष्ट्रिय जनमोर्चा जिल्ला सदस्य गौरिश्वर पाण्डेले अरु गाविसको बारेमा बुर्तिबामा बसेर निर्णय गर्दा विवाद हुने भएकाले त्यसो गर्न नहुने भन्दै आउनुभएको छ । देविस्थानको वडा नम्बर–१, २ र ३ बुर्तिबाङको नजिक हुने भएकाले त्यहाँका अधिकांश नागरिकले बुर्तिबाङ केन्द्रमा जानुपर्ने मतराख्ने गरेको बताईन्छ । देविस्थानले बुर्तिबाङ पनि नजिक हुने भएकाले केन्द्र नपाए नगरपालिकामा जाने चेतावनी दिने गरेको छ । गाउँपालिकामा बस्न आफुलाई केन्द्र चाहिने उसको बार्गेनिङ हो । 

भुगोल तथा दुरीका हिसाबले पनि बोहरागाउँ र निसी गाविस निसीखोला गाउँपालिका बनाउन पुरै सहमत देखिन्छन् । बुर्तिबाङ केन्द्रमा आउनुपर्ने अवस्थामा नगरबासी हुन पाएपनि यि दुई गाविसलाई सेवा लिन समस्या हुने देखिन्छ । त्यसैले त्यहाँका स्थानिय निसीखोला गाउँपालिका बनाउनै पर्ने दवावमा छन् । गाउँपालिका, नगरपालिका तथा केन्द्र निर्धारणका बिकल्पहरुमा धेरै नाफ घाटा नहुने भएपछि रजकुत भने यि सवै रस्साकस्सीमा तटस्थ जस्तो देखिन्छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित