२९ पुष २०८१, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

मृत्युपछिको जीवन : इजरेलमा मृत पुरुषहरूको शुक्राणु संरक्षण गरिँदै

२० श्रावण २०८१, आईतवार ०६:३७

साउन २०, काठमाडौँ  | आइजरेलमा आफ्ना मृतक पुत्रहरूको शरीरबाट शुक्राणु संरक्षण गरिदिन माग गर्ने मातापिताको सङ्ख्या बढ्दै गएको छ। यस्तो माग 

गर्नेमा अधिकांश सैनिकका मातापिता छन्।

सात अक्टोबरको हमास हमलासँगै यससम्बन्धी  मृत पुरुषहरूको शुक्राणु संरक्षण प्रक्रिया केही खुकुलो पारिएको छ। तर शुक्राणुको प्रयोग कसरी गर्ने भन्ने विषयमा कायम लामो कानुनी प्रक्रियाका कारण मृतकका परिवारजन निराश र आक्रोशित भएका छन्।


अभी हारुसले सेनाका अधिकारीहरू उनको घरमा आउनुभन्दा केही दिनअघि नै केही 'भयङ्कर डरलाग्दो' हुन लागेको महसुस गरिसकेका थिए। आफ्ना २० वर्षीय छोरा रीफ दक्षिणी गाजा स्ट्रिपमा भएको संघर्षमा मारिएका घटना सम्झिँदा अभीको स्वर काँप्छ। यो ६ अप्रिल २०२४ को घटना हो। त्यो समयमा उनले एउटा निर्णयको सामना गर्नुपर्‍यो। "उनीहरूले समय नघर्किसकेकाले रीफको शुक्राणु संरक्षण गर्न सम्भव भएको बताउँदै त्यसमा हाम्रो रूची भए नभएकोबारे सोधे," उनले भने।

अभीले तुरुन्तै जबाफ दिए।

"रीफले पूर्ण जीवन बाँच्यो," उनले भने, "एकदम डरलाग्दो क्षतिका बावजुद हामीले जीवन रोज्यौँ। ऊ केटाकेटीलाई माया गर्थ्यो। आफ्नै बालबच्चा होउन् भन्ने चाहन्थ्यो। त्यसैले यसमा कुनै प्रश्नै थिएन," उनले थपे। रीफ विवाहित थिएनन्, न उनकी कुनै प्रेमिका थिइन्।

तर जसै अभीले आफ्नो छोराको कथा अरूलाई भन्न थाले रीफको सन्तानलाई जन्म दिन चाहने केही महिलाहरू उनको सम्पर्कमा आए।

त्यस विचारले "आफूहरूलाई आशावादी बनाएको" उनले बताए। "त्यसयता यो मेरो जीवनको उद्देश्य बनेको छ," उनले भने।

उल्लेख्य बढ्यो शुक्राणु संरक्षण चाहनेको सङ्ख्या

यो त्यस्ता थपिँदै गएको परिवारमध्येको हो जसले सात अक्टोबरको हमास आक्रमणपछि शुक्राणु संरक्षण गरेका छन्। उक्त घटनामा झण्डै बाह्र सयजना मारिएका थिए भने २५१ जनालाई बन्धक बनाएर गाजा लगिएको थियो।

उक्त घटनाको जबाफमा इजरेलले गाजामा ठूलो सैन्य कारबाही चलायो। हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार उक्त कारबाहीमा ३९ हजार प्यालेस्टिनीहरू मारिइसकेका छन्। सँगसँगै उक्त युद्धमा ४०० इजरेलीको पनि ज्यान गएको छ।

सात अक्टोबरयता झण्डै १७० जना जवान पुरुषहरूको शुक्राणु संरक्षण गरिएको छ। इजरेली स्वास्थ्य मन्त्रालयका अनुसार यसमा सैनिक र गैरसैनिक दुवैथरि छन्। यो सङ्ख्या गत वर्षको सोही अवधिको तुलनामा मोटोमोटी १५ गुनाले बढी हो।

उक्त प्रक्रियामा अण्डकोशमा एउटा चिरा पारिन्छ र एउटा सानो कोषलाई झिकिन्छ। त्यसपछि प्रयोगशालामा लगेर उक्त कोषबाट जीवीत शुक्राणुलाई अलग्याउन र भण्डारण गर्न सकिन्छ।

मृत्युको २४ घण्टाभित्र उक्त कार्य गरिएको खण्डमा शुक्राणुको संरक्षण कार्य सफल हुने दर उच्च हुन्छ। यद्यपि कोषहरू ७२ घण्टासम्म पनि जीवित रहन सक्छन्।

फ्रान्स, जर्मनी र स्वीडेनलगायतका केही देशले यसमाथि पूर्ण प्रतिबन्ध लगाएका छन्। अन्य देशहरूमा मृतकले जीवित छँदै शुक्राणु भण्डारणका निम्ति सहमति जनाएको हुनुपर्ने कडा नियम छ।

गएको अक्टोबरमा इजरेलको स्वास्थ्य मन्त्रालयलले शुक्राणु संरक्षण गर्न चाहने मातापिताले अदालतबाट अनुमति लिनुपर्ने प्रक्रियालाई खारेज गरिदिएपछि इजरेली डिफेन्स फोर्स (आईडीएफ) हालका वर्षहरूमा शोकसन्तप्त मातापितालाई उक्त कार्यको प्रस्ताव गर्न निकै सक्रिय भएको छ।

शुक्राणु भण्डारण गर्न सहज हुँदै गएसँगै यसले जटिल नैतिक र कानुनी प्रश्न पनि उब्जाएको छ।

मृतकका पत्नी र मातापिताले उक्त शुक्राणुमार्फत् गर्भाधान गराउन चाहेको खण्डमा अदालतसमक्ष मृतकले सन्तान जन्माउन चाहन्थे भन्ने आधार पेश गर्नुपर्छ। खासगरी मातापिताको हकमा उक्त प्रक्रियामा वर्षौँ लाग्न सक्छ।

पहिलो अनुभव कस्तो छ

रेचल र याकोभ कोहेन आफ्नो मृत छोराको शुक्राणु संरक्षण गर्ने र त्यसको प्रयोग गर्ने पहिलो मातापिता हुन्। आईडीएफले जनाएअनुसार उनीहरूका छोरा केइभन सन् २००२ मा गाजा स्ट्रिपमा प्यालेस्टिनी निसानेबाजले चलाएको गोली लागि मारिएका थिए।

उनीहरूकी नातिनी ओशरको जन्म केइभनको शुक्राणुबाट भएको हो। उनी १० वर्षकी भइन्। रेचलले मृत्युपछि छोराको उपस्थिति कसरी महसुस गर्थिन् भन्नेबारे यसरी व्याख्या गरिन्, "म उसको दराज भएको ठाउँमा जान्थेँ। उसको वासना खोज्ने प्रयत्न गर्थेँ। मैले उसको जुत्तासमेत पनि सुघेँ।"

"ऊ फोटोबाटै मसँग कुरा गर्थ्यो। उसले मलाई आफ्नो सन्तान भएको सुनिश्चित गर्न अह्रायो। "

रेचलका अनुसार उनीहरूले "ठुलो विरोधको सामना गर्नुपर्‍यो" र "धेरैले उनीहरूलाई बुझ्दै बुझेनन् वा उनीहरूले गर्न खोजेको कार्यमा साथ दिएनन्।"

तर अन्तत: उनको दृढसङ्कल्पले उनलाई अभूतपूर्व कानुनी निर्णयतर्फ डोर्‍यायो। त्यसपछि उनले पत्रिकामा एउटा विज्ञापन छपाइन् जसमा आफ्नो छोराको सन्तान जन्माउन चाहने सम्भावित महिलाको खोजी गरिएको थियो।

इरिट (पारिवारिक गोपनीयताको सुरक्षाका निम्ति उनले आफ्नो थर खुलाउन चाहिनन्) तिनै दर्जनौँ महिलामध्ये थिइन् जसले उक्त विज्ञापनको जबाफ दिएका थिए। त्यसबेला उनी कुनै सम्बन्धमा थिइनन्।

उनका अनुसार पहिले मनोविद् र सामाजिक कार्यकर्ताले उनको परिक्षण गरे। त्यसपछि अदालतको स्वीकृतिसँगै गर्भाधानको प्रक्रिया सुरु भयो।

"केहीले हामीलाई देउता बन्न खोजेको बताए। तर मलाई त्यसो होजस्तो लाग्दैन," उनले भनिन्।

"शुक्राणु भण्डारण ब्याङ्कबाट लिइएका शुक्राणुबाट जन्मने शिशु र आफ्नो पिता फलानो हो भनेर चिन्ने शिशुबीच भिन्नता हुन्छ," उनी थप्छिन्। -बीबीसीबाट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेलाई भद्रकालीको हिरासतमा राखिने, सोमबार अदालत हाजिर गरिने केरलामा दलित छात्रालाई सामूहिक बलात्कार, ६४ आरोपितमध्ये २० जना पक्राउ एनपीलगत्तै चन्द्र भण्डारीलेपनि गरे अध्यादेशको विरोध ओलीप्रति नेपालको कटाक्ष : अनुहार नै हेर्न मन लाग्दैन भन्नेहरू सत्ताका लागि मसँग दौडिएर आए ८४ को चुनावपछि मात्र कांग्रेस महाधिवेशन हुन्छ : शशाङ्क कोइराला रवि लामिछानेलाई फेरि पठाइयो हिरासत पाँच वर्षमा कृषि अनुदानमा १ खर्ब ७ अर्ब खर्च बाघको आक्रमणमा परी बर्दियामा महिलाको मृत्यु रवि लामिछानेको बयान सकियो, अब थुनछेक बहस हुने मकवानपुरमा दुई भारतीयसहित तीन जना प्रहरी नियन्त्रणमा नेकपा एससँग एकता गर्न हच्किए वामदेव गौतम, अभियानको बैठक अनिर्णित आर्मीले जित्यो पहिलो खेल, पुलिससँग फाइनल खेल्ने पक्का जय ट्रफीमा आर्मीलाई मधेशले दियो २८ रनको लक्ष्य लोकसेवा आयोग, विद्युत् प्राधिकरण र शिक्षा मन्त्रालयविरुद्ध सर्वोच्चमा रिट दायर नेपालमा टी२०आई खेल्न आउने नेदरल्याण्ड्स महिला क्रिकेट टोलीको घोषणा जय ट्रफी एलिट कप क्रिकेट: रित र शुभको अर्धशतकमा बागमतीले दियो पुलिसलाई ११६ रनको लक्ष्य काठमाडौँ जिल्ला अदालतमा रवि लामिछानेको बयान सुरु सरकारले अध्यादेश ल्याउनु गलत, ओली एकलौटी अघि बढे : एनपी साउद दुई हजार करोड क्लबतर्फ लम्किँदै ‘पुष्पा-२’ कोलम्बियामा विमान दुर्घटना: १० जना मृत फेला, ५ जना एकै परिवारका