२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

मुकुन्द श्रेष्ठको धमाकेदार कमब्याक: ‘लाज शरणम्’ फिल्ममा मुख्य भूमिका

२०८१, २० श्रावण आईतवार ०७:१६

साउन २०, काठमाडौँ  | लोकप्रिय अभिनेता मुकुन्द श्रेष्ठले लामो समयपछि फिल्ममा पुनरागमन गर्न लागेका छन्। एक दशकको अन्तरालपछि उनी 'लाज शरणम्' फिल्ममा शीर्ष भूमिकामा देखिन लागेका हुन् । उनले फिल्ममा 'डरलाग्दो खलपात्र' को भूमिकामा ख्याति कमाएका छन् ।

चर्चित हास्य टिभी सिरियल 'सक्किगोनि' टिमले 'लाज शरणम्' निर्माण गर्न लागेको हो । जेपीटी क्रिएसनका निर्देशन कुमार कट्टेलले अभिनेता मुकुन्द श्रेष्ठको पुनरागमनको जानकारी इकागजलाई दिएका हुन् । क्रिएसनले सामाजिक सञ्‍जालमा श्रेष्ठको तस्बिर सार्वजनिक गरेकाे छ। 


शुक्रबार काठमाडौंमा आयोजित निर्माण घोषणा कार्यक्रममा जेपीटी क्रिएसनको ब्यानरमा बन्न लागेको फिल्मको जानकारी दिइएकाे थियो । फिल्मको लेखन र निर्देशन कुमार कट्टेल 'जिग्री'ले गर्नेछन्।

मुख्य भूमिकामा मुकुन्दसँगै अर्जुन घिमिरे, सागर लम्साल, माला लिम्बु, विजय बराल, र कमलमणि नेपाल पनि देखिनेछन्। भदौको तेस्रो सातादेखि छायांकन सुरु हुने यो फिल्मलाई महाशिवरात्रिको अवसरमा फागुन १४ गतेदेखि प्रदर्शनमा ल्याउने योजना छ।

मुकुन्द श्रेष्ठले 'देउता', 'अर्जुन', 'कस्तो साइनो', 'सन्तानको माया', 'धड्कन', र 'सपना' जस्ता थुप्रै चर्चित फिल्महरूमा अभिनय गरेका छन्। उनले पछिल्लो पटक 'कोहिनूर' फिल्ममा काम गरेका थिए भने डेढ वर्षअघि 'मेरी बास्सै' सिरियलको केही एपिसोडमा पनि देखिएका थिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु २३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति