१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

मुकुन्द श्रेष्ठको धमाकेदार कमब्याक: ‘लाज शरणम्’ फिल्ममा मुख्य भूमिका

२० श्रावण २०८१, आईतवार ०७:१६

साउन २०, काठमाडौँ  | लोकप्रिय अभिनेता मुकुन्द श्रेष्ठले लामो समयपछि फिल्ममा पुनरागमन गर्न लागेका छन्। एक दशकको अन्तरालपछि उनी 'लाज शरणम्' फिल्ममा शीर्ष भूमिकामा देखिन लागेका हुन् । उनले फिल्ममा 'डरलाग्दो खलपात्र' को भूमिकामा ख्याति कमाएका छन् ।

चर्चित हास्य टिभी सिरियल 'सक्किगोनि' टिमले 'लाज शरणम्' निर्माण गर्न लागेको हो । जेपीटी क्रिएसनका निर्देशन कुमार कट्टेलले अभिनेता मुकुन्द श्रेष्ठको पुनरागमनको जानकारी इकागजलाई दिएका हुन् । क्रिएसनले सामाजिक सञ्‍जालमा श्रेष्ठको तस्बिर सार्वजनिक गरेकाे छ। 


शुक्रबार काठमाडौंमा आयोजित निर्माण घोषणा कार्यक्रममा जेपीटी क्रिएसनको ब्यानरमा बन्न लागेको फिल्मको जानकारी दिइएकाे थियो । फिल्मको लेखन र निर्देशन कुमार कट्टेल 'जिग्री'ले गर्नेछन्।

मुख्य भूमिकामा मुकुन्दसँगै अर्जुन घिमिरे, सागर लम्साल, माला लिम्बु, विजय बराल, र कमलमणि नेपाल पनि देखिनेछन्। भदौको तेस्रो सातादेखि छायांकन सुरु हुने यो फिल्मलाई महाशिवरात्रिको अवसरमा फागुन १४ गतेदेखि प्रदर्शनमा ल्याउने योजना छ।

मुकुन्द श्रेष्ठले 'देउता', 'अर्जुन', 'कस्तो साइनो', 'सन्तानको माया', 'धड्कन', र 'सपना' जस्ता थुप्रै चर्चित फिल्महरूमा अभिनय गरेका छन्। उनले पछिल्लो पटक 'कोहिनूर' फिल्ममा काम गरेका थिए भने डेढ वर्षअघि 'मेरी बास्सै' सिरियलको केही एपिसोडमा पनि देखिएका थिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह