१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सरकारले स्टन्टबाजीका लागि कुनै काम गर्दैन : प्रधानमन्त्री ओली

२० श्रावण २०८१, आईतवार ०९:२६

साउन २०, काठमाडौँ |  प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधनविरुद्ध भ्रम फैलाउनेहरू मुलुकमा क्रियाशील रहेको बताएका छन्।

नेकपा (माओवादी केन्द्र) लगायतका प्रतिपक्ष दलहरूले प्रतिगमनका लागि काँग्रेस-एमालेले संविधान संशोधनको विषय उठाएको भन्दै आलोचना गरिरहेका वेला प्रधानमन्त्री ओलीले आफूहरूले स्टन्टबाजीको रूपमा काम नगर्ने बताएका हुन्। आइतवार ललितपुरको च्यासलस्थित एमाले मुख्यालयमा आयोजित पार्टी पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको शपथग्रहण समारोहमा बोल्दै ओलीले सरकार र सत्तारुढ गठबन्धनले कुनै पनि खालको भ्रम सृजना गर्ने गरी काम नगर्ने बताए।

उनले संविधानलाई धार्मिक ग्रन्थ वेद, बाइवल, कुरान जस्तो असंशोधनीय दस्तावेजको रूपमा प्रस्तुत गर्न खोजिएको भन्दै त्यसको भ्रममा नपर्न पनि सबैलाई आग्रह गरे। प्रधानमन्त्री ओलीले लोकतन्त्रका लागि लडेर आएका काँग्रेस–एमालेले अझ बढी ग्राह्यता, स्वीकार्य र प्रभावकारिता बढाउन संविधान संशोधन गर्न चाहेको पनि स्पष्ट पारे।

उनले संविधान संशोधनविरुद्ध भ्रम फैलाउन खोजेको भन्दै आक्रोश व्यक्त गरे। नेकपा एमाले, नेपाली काँग्रेस जस्ता लोकतन्त्रका लागि लडेर आएका पार्टीहरूको यो समीकरणले भनेको संविधान संशोधन स्वभाविक रूपमा लोकतन्त्रलाई सुदृढ गर्ने, संविधानलाई अझ व्यवहारिक, सुदृढ, अझ लोकप्रिय बनाउने, यसको ग्राह्यता, स्वीकार्य, प्रभावकारिता बढाउन भएको प्रधानमन्त्री ओलीको भनाइ छ।

उनले समृद्ध नेपालः सुखी नेपाली बनाउने लक्ष्य अनुरूप संविधान संशोधन गर्ने कुरा अघि बढाइएको बताए।

प्रधानमन्त्री ओलीले भने, ‘कतिपयले अहिले पनि हाम्राविरुद्ध भ्रम फिजाउने कोसिस गरिरहेका छन्। अहिलेको नेपाली काँगेस र नेकपा एमालेको सरकारले कुनै अफवाहको भरमा वा पपुलिष्ट हुन अथवा कुनै स्टन्टबाजीको रूपमा यसले कुनै काम र विचार प्रस्तुत गर्दैन। कुनै अन्यौल र भ्रम पनि चाल्दैन। स्टन्टबाजी पनि गर्दैन।’

प्रधानमन्त्री ओलीले देश र जनतालाई सुखी र समृद्ध बनाउने लक्ष्यअनुसार सरकार अघि बढिरहेको दावी गरे।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह