१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

रमित ढुंगानाको फिल्म ‘नमेटिने घाउ’ को तोकियो रिलिज मिति

२० श्रावण २०८१, आईतवार १०:२९

साउन २०, काठमाडौँ |  अभिनेता रमित ढुंगानाको निर्माण एवं निर्देशन रहेको फिल्म 'नमेटिने घाउ' को प्रदर्शन मिति तोकिएको छ।

सामाजिक कथामा बनेको यो फिल्मलाई भदौ ७ गतेदेखि प्रदर्शनमा ल्याइने भएको निर्माता एवं निर्देशक ढुंगानाले बताए।

'पहिलेदेखि नै त्यही डेट सोचिरहेको हो। तर, प्रधानमन्त्रीज्यूको डबिङ नसकिएकाले घोषणा गरेका थिएनौं,' ढुंगानाले भने, 'हिजो उहाँको समय पायौं। त्यसपछि रिलिज मिति घोषणा गरेका हौं।'

यो फिल्ममा केपी शर्मा ओलीले प्रधानमन्त्रीको भूमिका निर्वाह गरेका छन्।


विभिन्न समय र स्थानमा भएका एसिड आक्रमणको सत्य घटनाका आधारित रहेर फिल्म बनेको हो।

फिल्मको कथा शिवम् अधिकारीले लेखेका हुन्। 

फिल्ममा मुस्कान खातुन, प्राप्ति पौडेल, इभा गिरी, कमल देवकोटा, सन्दीपबाबु लोहनी, रचना गौतम, प्रभात पाल ठकुरी, आरती आचार्य, अखिल बजगाईं, उपेक्षा न्यौपाने, क्रान्ति शाह, वीरेन्द्रसिंह कुसवाह, लालना चिमोरिया, स्वस्तिमा कार्की, लिजा कोरानी, एलिसा गुरूङ, सुरवीर पण्डित, सुनिल कटुवाल, विशाल देवकोटा, आरजु अधिकारी, आरजु लेखक लगायतले अभिनय गरेका छन्।

फिल्ममा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, सांसद ज्ञानेन्द्र शाहीको समेत अभिनय छ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह