साउन २०, काठमाडौँ | दैनिक जीवनमा हामी फरक फरक स्वभावका मानिसलाई भेटिरहेका हुन्छौँ । कोही निराशामा चुर्लुम्म डुबेका हुन्छन् भने कोही जस्तोसुकै कठिन अवस्थामा पनि खुसी रहने हुन्छन् । कोही अरूप्रति उदार हुन्छन् त कोही क्रूर । कोही छिट्टै अरूलाई विश्वास गरिहाल्छन् भने कोही हत्तपत्त कसै"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २०, काठमाडौँ | दैनिक जीवनमा हामी फरक फरक स्वभावका मानिसलाई भेटिरहेका हुन्छौँ । कोही निराशामा चुर्लुम्म डुबेका हुन्छन् भने कोही जस्तोसुकै कठिन अवस्थामा पनि खुसी रहने हुन्छन् । कोही अरूप्रति उदार हुन्छन् त कोही क्रूर । कोही छिट्टै अरूलाई विश्वास गरिहाल्छन् भने कोही हत्तपत्त कसै"/>
१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

यी हुन् विश्वकै सबैभन्दा शंकालु महिला

२० श्रावण २०८१, आईतवार ११:२९

साउन २०, काठमाडौँ | दैनिक जीवनमा हामी फरक फरक स्वभावका मानिसलाई भेटिरहेका हुन्छौँ । कोही निराशामा चुर्लुम्म डुबेका हुन्छन् भने कोही जस्तोसुकै कठिन अवस्थामा पनि खुसी रहने हुन्छन् । कोही अरूप्रति उदार हुन्छन् त कोही क्रूर । कोही छिट्टै अरूलाई विश्वास गरिहाल्छन् भने कोही हत्तपत्त कसैलाई विश्वास गर्दैनन् ।

माया प्रेममा हर कोही आफ्नो प्रेमीप्रति थोरबहुत ‘पोजेसिभ’ हुन्छन् । यो सायद सामान्य पनि हो कि ? तर आफूले माया गरेको मान्छेलाई विश्वासै नगर्ने अनि जतिबेला पनि शङ्का गर्नेचाहिँ एक खालको रोग नै हो ।


५२ वर्षकी डेबी वूडले सन् २०११ मा स्टिभलाई भेटेकी थिइन् । केही वर्ष अफेयरमा रहेपछि दुवैले बिहे गरे । तर डेबीले आफ्नो पतिमाथि फिटिक्कै विश्वास गर्दिनन् । काममा गएर आएको होस् वा अन्य कतै बाहिरबाट घर छिर्ने बित्तिकै सोधपुछ गरिहाल्छिन् । बुढालाई केरकार गर्न थाल्छिन् ।

उनले पतिको इ–मेल, सामाजिक सञ्जालको एकाउन्ट र फोनमा नजर राख्न ल्यापटपमै पनि चाइल्ड प्रुफ फिल्टर राखेकी छिन् । यतिले पनि नपुगेर डेबीले घरमै लाइ डिटेक्टर अर्थात् झुट बोलेको पक्रिने मेशिन ल्याएर राखेकी छिन् । आफूले केही गलत नगरेको अनि आफूलाई प्रमाणित गर्न लाइ डिटेक्टर गराउन समेत तयार रहेको भनेर स्टिभले भनेपछि डेबीले सो मेशिन किनेकी थिइन् । डेबीले बेला बेलामा स्टिभको फोन र बैंक खाता पनि छड्के जाँच्छिन् ।

डेबीको यो व्यवहार सामान्य फिटिक्कै होइन । यसको विश्लेषण गरेपछि उनी अथेलो सिन्ड्रोमबाट ग्रसित रहेको पाइयो । यसले व्यक्तिमा जलन, ईश्या र शङ्कालाई बढवा दिन्छन् । शेक्सपियरको नाटक अथेलोबाट यो रोगको नाम आएको हो । यो नाटकले शङ्का, ईर्ष्या र विश्वासघातको कथा बताउँछ । अथेलो सिनड्रोमकै कारण डेबीले पतिलाई मुठ्ठीमा राख्न खोजेको पाइयो । यसबाहेक पनि उनी बाईपोलार डिस्अर्डरबाट ग्रसित थिइन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह