१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

आफ्ना दुई खम्बा पदमुक्त भएपछि सरकारविरुद्ध मोर्चाबन्दी कस्दै कुलमान, बोलाए संचालक समितिको बैठक

२० श्रावण २०८१, आईतवार १२:३२

साउन २०, काठमाडौँ |  उर्जामन्त्रालयले नेपाल विद्युत प्राधिकरणको सञ्चालक समितिका सदस्यहरु भक्तबहादुर पुन र कपिल आचार्यलाई पदबाट हटाएको छ । पुन र आचार्य डेडिकेटेड फिडर र ट्रंकलाइन महशुल बक्यौताको विषयमा प्रवन्ध निर्देशक कुलमान घिसिङको पक्षमा उभिएका थिए ।

प्रधानमन्त्रीको मौखिक तथा विद्युत् नियमन आयोगले विवाद कायम रहेको बखत विद्युत् काट्नु कानुन विपरीत हुने भएकाले लाइन जोड्न दिएको लिखित निर्देशन विपरीत नोट अफ डिसेन्ट लेखी नेपाल सरकारको निर्देशन पालना गर्न असहयोग गरेको भन्दै उनीहरूलाई स्पष्टीकरण सोधिएको थियो ।


उनीहरुलाई ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट जिम्मेवारीबाट हटाईएको हो । सरकारले कुलमानलाई नै जिम्मेवारीबाट हटाउनेगरि तयारी थालेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले नै कुलमानलाई जिम्मेवारीबाट हटाउनेगरि मन्त्री दीपक खड्कालाई निर्देशन दिएको बुझिएको छ ।

विद्युतको बक्यौता उठाउने विषयमा सरकार र प्राधिकरणबीच विवाद चर्किएको छ । यो विषय संसद्को सार्वजनिक लेखा समितिमा समेत प्रवेश गरेको छ । पछिल्लो समय समितिका सभापति ऋषिकेश पोखरेलले विद्युतको बक्यौता तिर्न बाँकी रहेका व्यापारीसँग भेटेको कुरापनि बाहिर आएको छ । समितिमार्फत कुलमानलाई कारबाही सिफारिश गर्नेगरि कांग्रेस र एमालेले तयारी गरेको चर्चा चल्न थालेको छ ।

सरकारले पदमुक्त गरेका पुन नेकपा माअ‍ोवादी र आचार्य एकीकृत समाजवादीको कोटाबाट सञ्चालक समितिको सदस्यमा नियुक्त भएका थिए । आचार्य र पुन प्राधिकरणमा कुलमानका दुई खम्बा मानिन्छन् । आफ्ना दुई खम्बालाई बिना कारण सराकारले पदमुक्त गरेको भन्दै उनी असन्तुष्ट बनेका छन् । असन्तुष्ट बनेका घिसिङले पदमुक्त बनेका दुई सदस्यलाईसमेत डाकेर आज प्राधिकरणको बैठक बोलाएका छन् ।

दिउँसो ३ बजेका लागि घिसिङले बैठक राखेका हुन् । आजको बैठकमा उनले सरकारविरुद्ध मोर्चाबन्दी गर्ने तयारी थालेका छन् । प्राधिकरणमा घिसिङसहित अधिकांश सञ्चालक समितिका सदस्यहरु सरकार निकट भन्दा बाहिरका रहेका छन् । सरकार निकट भन्दा बाहिरको हुँदा मोर्चाबन्दीका लागि सजिलो हुने विश्वासमा कुलमान रहेको स्रोतको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह