२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

बंगलादेशमा प्रदर्शनकारीले लुटे प्रधानमन्त्री निवास

२०८१, २१ श्रावण सोमबार ११:०९

साउन २१, काठमाडौँ । बंगलादेशमा प्रदर्शनकारीले प्रधानमन्त्री निवासमा तोडफोड गरेर लुटपाट गरेका छन् ।

बंगलादेशमा शेख हसिनाले राजीनामा दिएपछि प्रदर्शनकारीहरू ढाकास्थित प्रधानमन्त्री निवासमा प्रवेश गरेका थिए । प्रधानमन्त्रीको निवास प्रवेश गरेर प्रदर्शनकारीले प्रधानमन्त्री निवासका सामानहरू लागेका थिए ।


स्थानीय समाचार च्यानलमा देखाइएको तस्विरमा प्रधानमन्त्री निवासबाट सोफा, कुर्सी बोकेर मानिसहरु बाहिर निस्किदै गरेको देख्न सकिन्छ ।

बंगलादेशमा गत महिनादेखि विद्यार्थीहरू आन्दोलनमा थिए, उनीहरूको पहिलो माग सरकारी जागिरमा आरक्षण खारेज गर्ने थियो । पछि उनले प्रधानमन्त्री पदबाट शेख हसिनाको राजीनामा माग गरेका थिए ।

प्रदर्शन चर्किएपछि हसिनाले राजीनामा दिएर देश छोडेकी छन् । उनी हेलिकप्टरबाट देश छोड्दै भारतको अगरतला शहर पुगेकी छन् । 

प्रधानमन्त्री हसिनाले राजीनामा दिएर देश छोडेपछि सेना प्रमुख जनरल वकार उज जमानले राष्ट्रका नाममा सम्बोधन गर्दै जनतालाई शान्ति कायम राख्न अपील गरेका थिए । उनले देशमा अब अन्तरिम सरकार गठन हुने समेत बताएका छन् । उनले सेना र पुलिसलाई गोली नचलाउन आदेश दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु २३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य