१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

कालोपुल घटना : पति–पत्नी छाडेर ‘लिभ–इन’ मा, सम्बन्ध बढाउने भनेपछि हत्या

२१ श्रावण २०८१, सोमबार ११:५४

साउन २१, काठमाडौँ । काठमाडौँको रातोपुलस्थित प्रहरी बिटमा आइतबार चार–पाँचजना व्यक्तिहरू अत्तालिँदै आएर भने, ‘कालोपुलमा हाम्रो मान्छेले एउटा केटाको हत्या गरेको छ, एकपटक जानुपर्ने भयो ।’ 

बिटमा ड्युटीमा रहेका प्रहरीले तत्काल आफ्नो कमान्डरलाई खबर गरेर घटनास्थलतर्फ हानिए । काठमाडौँ महानगरपालिका वडा नम्बर–७  कालोपुल स्थित दयालक्ष्मी श्रेष्ठको घरमा प्रहरी पुग्दा प्रेम महत दर्जी रक्ताम्मे अवस्थामा ढलिरहेका थिए । 

प्रहरी पुग्दा महतले श्वास लिन छाडिसकेका थिए । उनी ओखलढुंगाको लिखु गाउँपालिका–९ का स्थानीय हुन् ।


पछिल्लो ६ महिनादेखि २० वर्षीय प्रेम र २४ वर्षीया उषा नेपालीले त्यहाँ डेरा लिएर बस्थे । डेरा लिँदा उनीहरूले घरधनीलाई भनेका थिए– ‘हामी पति–पत्नी हौँ  ।’ 

प्रहरी बिटमा गएर सूचना दिनेहरूले प्रेमसँगै डेरामा बस्ने उषालाई अनुसन्धान अधिकृतहरूको सम्पर्कमा ल्याए । उनी हत्यापछि नजिकै रहेको दिदीको डेरामा पुगेकी थिइन् । घटनाबारे उनकै दिदी, भिनाजु र श्रीमान्ले खबर गरेका हुन् । 

हत्यामा संलग्न आरोपमा उषा र उनका श्रीमान् २७ वर्षीय मदन रम्तेललाई प्रहरीले पक्राउ गरेको छ । तर, मदन घटना भएको बेलामा घटनास्थलमा उपस्थित नभएको प्रहरी वृत्त गौशालाका डीएसपी केशव थेवेले बताए । 

उनले भने, ‘प्रारम्भिक अनुसन्धानबाट लिभ–इन रिलेसनमा बस्ने उषा एक्लैले युवकको हत्या गरेको देखिन्छ ।’ हत्याको कारण ‘विवाहेत्तर सम्बन्ध’ भएको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।

प्रेमको पनि अर्कै पत्नी छिन् । वैदेशिक रोजगारीमा गएर उनी भर्खरै काठमाडौँ आएकी छन् । उता ओखलढुङ्गाबाट उषाका श्रीमान् मदन पनि काठमाडौँ आएका थिए । उषा र मदनको ५ वर्षीय छोरा छन् । 

सिफलमा डेरा लिएर छोरालाई पढाउने उनीहरूको बिचमा सल्लाह भयो । अनि, उषाले कालोपुलस्थित प्रेम महतसँगको डेराको ‘लिभ–इन रिलेसन’ तोड्न खोजिन् ।

आइतबार बिहान डेरामा यही विषयमा उनीहरूको बिचमा विवाद भएको डीएसपी थेवेले जानकारी दिए । उषाले अनुसन्धान अधिकृतहरूलाई बताए अनुसार प्रेमले भने, ‘मलाई छाडेर तिमी पुरानो श्रीमान्कहाँ कसरी जान सक्छौ ?’ 

सम्बन्धअघि बढाउनेबारे विवाद बढ्दै गएपछि युवकले उनलाई कुटपिट गरे, चक्कुले प्रहार गरे । प्रेमले चक्कु प्रहार गर्दा उषाले बायाँ हातले रोकिन् । उनको पाखुरामा चोट लागेको छ । 

अनि, त्यही रिसमा उनले प्रेमलाई तरकारी काट्ने बोर्ड ‘चपिङ बोर्ड’ले प्रहार गरिन् । अनुसन्धानमा संलग्न अधिकृतहरूका अनुसार त्यसपछि आफूलाई प्रहार गरेको छुराले नै उनले प्रेमको घाँटी र हातमा अन्धाधुन्ध प्रहार गरिन् । 

प्रेम ढलेपछि उषा दिदीको डेरामा गइन् । दिदीलाई सबै कुरा बताइन् । उनकी दिदीले घटनाबारे जानकारी गराउन ज्वाइँ मदन रम्तेललाई बोलाएका हुन् । रम्तेल केही दिनअघि पत्नीलाई खोज्दै छोरा पनि लिएर काठमाडौँमा आएको अनुसन्धान अधिकृतहरू बताउँछन् ।

हत्या आरोपी आफ्ना पतिलाई ढाँटेर ओलढुंगाबाट काठमाडौँमा आएर ‘लिभ-इन् रिलेसन’मा बसेकी थिइन् । उनीविरुद्ध प्रहरीले ज्यानसम्बन्धी कसुरमा म्याद लिएर अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह