१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

परिवारसँग बिदाबारी भएर एअरपोर्ट छिरेपछि आफ्नो भिसा नक्कली रहेको थाहा पाएपछि…

२२ श्रावण २०८१, मंगलवार ०६:४७

 साउन २२, काठमाडौँ । वैदेशिक रोजगारमा दुबई जान लागेका चितवनका ३० वर्षीय कृष्णलाई एयरपोर्ट भित्र छिरिसके पछि आफ्नो भिसा नक्कली रहेको थाहा पाएपछि फर्किएका छन्  ।

काठमाडौंमा वेल्डिङको काम गरिरहेका कृष्णले राम्रो कमाइ नभएपछि विदेश जाने सोचाइ बनाए । वैदेशिक रोजगारीकै क्रममा दुबईमा रहेका विष्णुहरिले उनलाई मासिक ७० हजार कमाइने हुने प्रलोभन देखाएर १ लाख ४० हजार रुपैयाँ लिएका थिए । उनैले भिसा भनेर पठाइदिएको कागजातका भरमा कृष्ण विदेश जान लागेका थिए ।


कृष्णलाई एजेन्टले साउन १४ गते राति ११ बजे फ्लाइट हुन्छ भनेर भनेका थिए । योजनाबमोजिम राति करिब ८ बजे उनको बिदाइका लागि काठमाडौं आएका परिवार र आफन्तीसँग टिकाटालो गरी घरबाट गरी निस्किए । श्रीमती, छोरा, कान्छा बुबासहित साला, साली र अरु आफन्तीहरु उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्मै छोड्न आए । तीन वटा ट्याक्सीमा आएका आफन्तीहरुले एअरपोर्टमै पुगेर माला र खादा लगाएर उनको बिदाइ गरे ।

परिवारसँग बिदा भएर करिब ९ बजेतिर विमानस्थल छिरे । हातमा समाएको टिकट, भिसा र पासपोर्ट देखाउँदै अघि बढे । झोला चेकिङ गरेर उनी बोर्डिङ पास लिन गए । एयरपोर्टका कर्मचारीले कागजात मागे । भिसा र टिकट हेरेपछि उनीहरु केहीबेर अक्मकिए । उनीहरुले भने, ‘तपाईंको यो टिकट र भिसा त नक्कली हो ।’

पहिलो पटक वैदेशिक रोजगारमा जान लागेका चितवनका कृष्ण आफू पनि केही ‘नर्भस’ थिए । त्यसमाथि घरपरिवार मात्रै होइन, देशै छोडेर जानुपर्दाको केही पीडा र अलिअलि कमाउन थालेपछि जीवनले सहज गति लिन्छ कि ! भन्ने आशा पनि सँगै थियो ।

तर, कति धेरै सपना बोकेर विमानस्थल पुगेकैबेला कर्मचारीले नक्कली भिसा र टिकट भन्दै फर्काइदिए । अर्थात् उनलाई विदेश पठाउने एजेन्टले भिसा भन्दै दिएको कागजात सबै नक्कली रहेछ । त्यो सुनेर भाउन्न छुटेर आयो । के गर्ने, के नगर्ने कुनै भेउ नै पाएनन् ।

दोधारे मनस्थितिमै उनले आफूलाई विदेश पठाउने एजेन्ट विष्णुहरि बर्ताैलालाई फोन लगाए । विष्णुहरि पनि कृष्णकै वडा चितवन राप्ती नगरपालिका–५ का हुन् ।

कृष्णले आँखाको आँसु पुछ्दै विष्णुहरिलाई भिसा र टिकट नक्कली भएको सुनाए । विष्णुले सुरुमा भिसा नक्कली भएको कुरा थाहा नभए जस्तै गरे । तर, उनलाई केही व्यवस्था नहुञ्जेल केहीबेर एअरपोर्टभित्रै बस्न भने । कृष्णले करिब पाँच घण्टा एअरपोर्टभित्रै कटाए । पछि त विष्णुहरि सम्पर्कमै आएनन्, फोन उठाउनै छाडे । त्यसपछि आफू ठगिएको थाहा पाएपछि रातको २ बजे एअरपोर्टबाट रुँदै निस्किए । 

परिवारसँग बिदा भएर निस्किएका उनले यस्तो होला भनेर सोचेकै थिएनन् । उनी अब के भनेर घर फर्किने भनेर सोच्नै सकेनन् र रुदै एरपोरतबत निस्किए ।

अहिले कृष्ण उनले आफूले विदेश जाँदा खर्च भएको २ लाख ४० हजार रकम फिर्ता दिन भनिरहेका छन् । भन्छन्, ‘विदेश जान्छु भनेर हिंडेको मान्छे, म रुँदै फर्कनु पर्‍यो । म चाहन्छु यस्तो फेरि कसैलाई नहोस् !’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह