कात्तिक १४, काठमाडौं | तिहारको तेस्रो दिन अर्थात लक्ष्मी पुजाको अवसरमा देशभर धनकि देवी लक्ष्मीको पूजा  गरि लक्ष्मीपूजा मनाइँदैछ । यसै अवसरमा गोंगबु स्थ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक १४, काठमाडौं | तिहारको तेस्रो दिन अर्थात लक्ष्मी पुजाको अवसरमा देशभर धनकि देवी लक्ष्मीको पूजा  गरि लक्ष्मीपूजा मनाइँदैछ । यसै अवसरमा गोंगबु स्थ"/>
2026-07-07 05:40 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साझा सबाल डटकममा लक्ष्मी पूजा

कात्तिक १४, काठमाडौं | तिहारको तेस्रो दिन अर्थात लक्ष्मी पुजाको अवसरमा देशभर धनकि देवी लक्ष्मीको पूजा  गरि लक्ष्मीपूजा मनाइँदैछ । यसै अवसरमा गोंगबु स्थित साझा सबाल डट कमको कार्यालयमा आइतबार लक्ष्मी पूजा गरिएको छ ।

लक्ष्मीपूजालाई तिहारको निकै महत्वपूर्ण पुजा मान्ने गरिन्छ । धनधान्यकि देवीको रुपमा आज देशभरका घर-घर र बिभिन्न कार्यालयहरुमा लक्ष्मीको पुजा गरि रातभर दिप प्रज्वलन तथा झिलीमीली बत्ति बालेर लक्ष्मीलाई स्वागत गर्ने परम्परा छ । तिथिअनुसार कर्तिक कृ्ष्ण अमावस्याका दिन मनाइने लक्ष्मी पुजाको रातलाई वर्षकै चार महत्वपूर्ण रातहरूमध्येको सुखरात्रि भनिन्छ । यस दिन स्त्री जाति विशेष गरी कुमारी केटीहरूले घर-घरै गई भैलो खेल्ने चलन छ । 

यसै अवसरमा आज घरको आँगन, पिँढी, दलान, कोटा गाईको गोबरले लिपेर सफा बनाइ । घरका झ्याल ढोका साथै पानी सार्न प्रयो गर्ने गाग्री लोटामा फूलका माला लगाएर सिगार्ने गरिन्छ । आज साँझ घरको सरसफाई गरी मुलढोकादेखि पूजा कोठासम्म चालको पिठोबाट लक्ष्मीको प्रतिकात्मक पाइला बनाएर झिलिमिली बत्ती बालेर लक्ष्मीको स्वागत गरिन्छ । अँध्यारोमा लक्ष्मीको बास नहुने मान्यता अनुसार घरघरमा दीपावली गरिने भएकाले देशभर आजको दिन निकै रमणीय बन्छ ।

हरियो गाईको गोबरले लिपेर घर बाहिर देखि आफ्नो महत्वपूर्ण समग्री तथा धन भएको ठाउँसम्म लक्ष्मीलाई जाने बाटो बनाइन्छ र दीपावली गरिन्छ । त्यसपछि घरमा लक्ष्मीको पुजा गरिन्छ, जसको लागि आफुसँग भएका धन तथा महत्वपूर्ण कुराहरुको समेत पुजा गरिन्छ र त्यस्ता महत्वपूर्ण सामग्री तथा धन-सुनचाँदी तथा नगद कहिलै नरित्तियोस भन्ने कामना गरिन्छ । लक्ष्मी पूजाका दिन घरमा लक्ष्मीको बास भए वर्षभरि आथिर्क संकट नपर्ने जनविश्वास रहिआएको छ । लक्ष्मी पूजाको दिन भैलोलाई दान गर्दा अझै पुण्य कमाइने जनविश्वास छ । दिपावलीपछी बिशेष गरि आज र भोली बेलुका भैलो खेल्ने परम्परा छ भने भाई टिकाको दिनदेखि देउसी खेलिन्छ । भैलो पनि परम्परागत मान्यता अनुसार कन्या केटिहरुले खेल्नु पर्ने हो तर आजकाल परम्परा बिग्रेको छ, आजै देखि देउसी खेल्ने चलन चल्तीमा छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने