९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

शान्ति समाजद्वारा गैडाकोटमा काब्य गोष्ठी सम्पन्न

१४ कार्तिक २०७३, आईतवार १३:२६

कात्तिक १४, नवालपरासी | महाकवि लक्ष्मीप्रसाद देवकोटाको १०८ औं जयन्तीका सन्दर्भमा मानब अधिकार तथा शान्ति समाजको आयोजनामा  २०७३ कार्तिक १२ गते शुक्रबार नवलपरासीको गैंडाकोटमा काब्य गोष्ठी सम्पन्न भएको छ । 

समाजका बिभागीय संयोजक तथा साहित्यकार गोविन्द विनोदीको संयोजन तथा सभापत्वितमा सम्पन्न भएको कार्यक्रममा २० जना कविहरुले रचना वाचन गर्नुभएको थियो भने १०० जना भन्दा धेरैको सहभागिता रहेको थियो । समाजका केन्द्रीय सभापति गंगाधर अधिकारी तथा संस्थापक सदस्य कृष्ण कँडेलले समेत कविता वाचन गर्नुभएको कार्यक्रममा  रचना वाचन गर्नेहरुमा प्रा.डा नारायण प्रसाद खनाल, डा. मतिप्रसाद ढकाल, डा. केशवराज चालिसे, प्रेम विनोद नन्दन, डा.एकनारायण पौडेल, नारायणी गौतम, रेशमलाल श्रेष्ठ, सुदेश सत्याल, गोर्खे साईलो, रामहरी शर्मा, लकाश पौडेल, कृष्णशरण उपाध्याय, लक्ष्मी पौडेल, दशरथ तिवारी, कमलप्रसाद वाग्ले, प्रभाकर पण्डीत र विनोद अनुज हुनुहुन्थ्यो । 

विश्वास पौडेलले संचालन गर्नुभएको कार्यक्रममा सहभागिहरुलाई स्वागत अञ्जु घिमिरे सापकोटाले गर्नुभएको थियो । गैडाकोटको सूर्योदय बोर्डिङ स्कुलको सभाकक्षमा सम्पन्न भएको कार्यक्रममा बिद्यालयकै सौजन्यमा  सहभागिहरुलाई जलपानको ब्यबस्था समेत गरिएको थियो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता