२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

शान्ति समाजद्वारा गैडाकोटमा काब्य गोष्ठी सम्पन्न

२०७३, १४ कार्तिक आईतवार १३:२६

कात्तिक १४, नवालपरासी | महाकवि लक्ष्मीप्रसाद देवकोटाको १०८ औं जयन्तीका सन्दर्भमा मानब अधिकार तथा शान्ति समाजको आयोजनामा  २०७३ कार्तिक १२ गते शुक्रबार नवलपरासीको गैंडाकोटमा काब्य गोष्ठी सम्पन्न भएको छ । 

समाजका बिभागीय संयोजक तथा साहित्यकार गोविन्द विनोदीको संयोजन तथा सभापत्वितमा सम्पन्न भएको कार्यक्रममा २० जना कविहरुले रचना वाचन गर्नुभएको थियो भने १०० जना भन्दा धेरैको सहभागिता रहेको थियो । समाजका केन्द्रीय सभापति गंगाधर अधिकारी तथा संस्थापक सदस्य कृष्ण कँडेलले समेत कविता वाचन गर्नुभएको कार्यक्रममा  रचना वाचन गर्नेहरुमा प्रा.डा नारायण प्रसाद खनाल, डा. मतिप्रसाद ढकाल, डा. केशवराज चालिसे, प्रेम विनोद नन्दन, डा.एकनारायण पौडेल, नारायणी गौतम, रेशमलाल श्रेष्ठ, सुदेश सत्याल, गोर्खे साईलो, रामहरी शर्मा, लकाश पौडेल, कृष्णशरण उपाध्याय, लक्ष्मी पौडेल, दशरथ तिवारी, कमलप्रसाद वाग्ले, प्रभाकर पण्डीत र विनोद अनुज हुनुहुन्थ्यो । 

विश्वास पौडेलले संचालन गर्नुभएको कार्यक्रममा सहभागिहरुलाई स्वागत अञ्जु घिमिरे सापकोटाले गर्नुभएको थियो । गैडाकोटको सूर्योदय बोर्डिङ स्कुलको सभाकक्षमा सम्पन्न भएको कार्यक्रममा बिद्यालयकै सौजन्यमा  सहभागिहरुलाई जलपानको ब्यबस्था समेत गरिएको थियो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन