२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटना: ‘भिजियोल फ्लाइट रुटअनुसार नचल्दा हेलिकोप्टर दुर्घटना’

२०८१, २४ श्रावण बिहीबार ०७:०८

साउन २४, काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले चालक दलको कमजोरीका कारण एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटनामा परेको जनाएको छ । प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले बिहीबार प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा त्यसबारे प्रारम्भिक प्रतिक्रिया दिएका हुन् ।

दुर्घटनाको विस्तृत विवरण भने सरकारले गठन गरेको छानबिन समितिले दिने उनले बताए । उड्डयन प्राधिकरणको भिजियोल फ्लाइट रुट (भीएफआर)ले अनुमति नदिएको प्रतिकूल मौसम, बादल भएको ठाउँमा हेलिकोप्टर प्रवेश गराउँदा उक्त दुर्घटना भएको प्राधिकरणको जिकिर छ ।


महानिर्देशक अधिकारीले भीएफआरको अनुमतिविपरीत हेलिकोप्टर बादलभित्र छिर्नु वा आँखाले नदेखेको ठाउँमा पस्नु प्रतिबन्धित अवस्था रहेको उल्लेख गरे । यसमा जिम्मेवार चालक दल नै देखिएको उनको भनाइ छ ।

बुधबार (हिजो) नुवाकोटको शिवपुरी गाउँपालिका–७, सूर्यचौरमा उक्त हेलिकोप्टर दुर्घटना हुँदा चार चिनियाँ नागरिकसहित पाँचजनाको मृत्यु भएको थियो ।

समिति बैठकमा महानिर्देशक प्रदीप अधिकारीको भनाइ पढ्नोस्–

टावरबाट सम्पर्कविच्छेद हुनेबित्तिकै हामीले प्रोसिड्युअरअनुसार नै खोजी गर्‍यौँ । जबसम्म हामी क्र्यास साइट आइडेन्टीफाई गर्दैनौँ तबसम्म, मौसमको हिजोको अवस्था पनि त्यस्तै थियो । तर, हामीले त्यो शंकास्पद ठाउँ पत्ता लगाउनेबित्तिकै हेलिकोप्टर खोजीका लागि हेलिकोप्टर परिचालन गरेको अवस्था थियो । र, नेपाल सरकारले यो दुर्घटना छानबिन आयोग गठन गरिसकेको अवस्थामा यसको रुट कज के हो भन्ने बारेमा पनि म धेरै जान चाहन्नँ । आज बिहान हामीले माननीय मन्त्रीज्यू, सचिवज्यू, हामी गएर साइट पनि हेर्‍यौँ । यसको रुट कजचाहिँ सरसर्ती हेर्दाखेरि, यद्यपि यो छानबिन आयोगले नै बताउला । ब्याड वेदरमा यो प्रवेश गरेको कारण, बादलभित्र प्रवेश गरेको कारण र ऊ फर्कने क्रममा लेफ्ट टर्न गर्दाखेरि ठोक्किएको देखिन्छ । योचाहिँ पाइलोटिङ कमान्डले हाम्रो सिभिल एभिएसनको भिजियोल फ्लाइट रुटअनुसार नगएर यसरी बादलभित्र छिर्नु वा आँखाले नदेखेको ठाउँमा छिर्नु प्रतिबन्धित हो । यो कानुनले वर्जित गरेको विषय हो । यो रुट कज भनेको चाहिँ भीएफआरको उल्लंघन गरेका कारण दुर्घटना भएको देखिन्छ, हाम्रो अनुसन्धानमा । यसको डिटेल इन्भेस्टिगेसन त सरकारले गठन गरेको आयोगले नै बताउला । -न्युज एजेन्सी नेपाल

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु २३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै