१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटना: ‘भिजियोल फ्लाइट रुटअनुसार नचल्दा हेलिकोप्टर दुर्घटना’

२४ श्रावण २०८१, बिहीबार ०७:०८

साउन २४, काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले चालक दलको कमजोरीका कारण एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटनामा परेको जनाएको छ । प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले बिहीबार प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा त्यसबारे प्रारम्भिक प्रतिक्रिया दिएका हुन् ।

दुर्घटनाको विस्तृत विवरण भने सरकारले गठन गरेको छानबिन समितिले दिने उनले बताए । उड्डयन प्राधिकरणको भिजियोल फ्लाइट रुट (भीएफआर)ले अनुमति नदिएको प्रतिकूल मौसम, बादल भएको ठाउँमा हेलिकोप्टर प्रवेश गराउँदा उक्त दुर्घटना भएको प्राधिकरणको जिकिर छ ।


महानिर्देशक अधिकारीले भीएफआरको अनुमतिविपरीत हेलिकोप्टर बादलभित्र छिर्नु वा आँखाले नदेखेको ठाउँमा पस्नु प्रतिबन्धित अवस्था रहेको उल्लेख गरे । यसमा जिम्मेवार चालक दल नै देखिएको उनको भनाइ छ ।

बुधबार (हिजो) नुवाकोटको शिवपुरी गाउँपालिका–७, सूर्यचौरमा उक्त हेलिकोप्टर दुर्घटना हुँदा चार चिनियाँ नागरिकसहित पाँचजनाको मृत्यु भएको थियो ।

समिति बैठकमा महानिर्देशक प्रदीप अधिकारीको भनाइ पढ्नोस्–

टावरबाट सम्पर्कविच्छेद हुनेबित्तिकै हामीले प्रोसिड्युअरअनुसार नै खोजी गर्‍यौँ । जबसम्म हामी क्र्यास साइट आइडेन्टीफाई गर्दैनौँ तबसम्म, मौसमको हिजोको अवस्था पनि त्यस्तै थियो । तर, हामीले त्यो शंकास्पद ठाउँ पत्ता लगाउनेबित्तिकै हेलिकोप्टर खोजीका लागि हेलिकोप्टर परिचालन गरेको अवस्था थियो । र, नेपाल सरकारले यो दुर्घटना छानबिन आयोग गठन गरिसकेको अवस्थामा यसको रुट कज के हो भन्ने बारेमा पनि म धेरै जान चाहन्नँ । आज बिहान हामीले माननीय मन्त्रीज्यू, सचिवज्यू, हामी गएर साइट पनि हेर्‍यौँ । यसको रुट कजचाहिँ सरसर्ती हेर्दाखेरि, यद्यपि यो छानबिन आयोगले नै बताउला । ब्याड वेदरमा यो प्रवेश गरेको कारण, बादलभित्र प्रवेश गरेको कारण र ऊ फर्कने क्रममा लेफ्ट टर्न गर्दाखेरि ठोक्किएको देखिन्छ । योचाहिँ पाइलोटिङ कमान्डले हाम्रो सिभिल एभिएसनको भिजियोल फ्लाइट रुटअनुसार नगएर यसरी बादलभित्र छिर्नु वा आँखाले नदेखेको ठाउँमा छिर्नु प्रतिबन्धित हो । यो कानुनले वर्जित गरेको विषय हो । यो रुट कज भनेको चाहिँ भीएफआरको उल्लंघन गरेका कारण दुर्घटना भएको देखिन्छ, हाम्रो अनुसन्धानमा । यसको डिटेल इन्भेस्टिगेसन त सरकारले गठन गरेको आयोगले नै बताउला । -न्युज एजेन्सी नेपाल

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह