१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

अमेरिकी नागरिक लिन हेलिकप्टर स्याफ्रुबेसी जाँदै थियो, काठमाडौँबाट चिनियाँ नागरिक चढे

२४ श्रावण २०८१, बिहीबार ०७:५७

साउन २४, काठमाडौँ । एयर डाइनेस्टीको बुधबार दुर्घटनामा परेको हेलिकप्टर चार्टर्ड रहेको खुलेको छ। अमेरिकी नागरिक लिन स्याफ्रुबेसी जाँदै गरेको हेलिकप्टरमा चिनियाँ नागरिक चढेको र उनीहरू दुर्घटनामा परेको खुलेको हो। 

प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बिहीबार सिंहरबारमा बसेको बैठकमा दुर्घटनाबारे जानकारी गराउँदै नागरिक उड्डयन तथा पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल घुम्न आएका चिनियाँ नागरिकहरू घर फर्किन चार्टर भएको हेलिकप्टर चढेको जानकारी दिए।

मानसरोवर घुमेर आएका अमेरिकी नागरिक लिन हेलिकप्टर चार्टर्ड भएको भए पनि ट्राभल एजेन्सीको समन्वयमै चाँडो घर फर्किन चाहेका चिनियाँ नागरिकलाई उक्त हेलिकप्टरमा चढाइएको पाइएको मन्त्री पाण्डेले जानकारी दिए। 


अचानक मौसममा खराबी आएका कारण हेलिकप्टर दुर्घटनामा परेको प्रारम्भिक अनुमान गरिएको समेत उनको भनाइ छ। तर नेपाल नागरिक उड्डयन प्राधिकरणले चालक दलको कमजोरीका कारण एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटनामा परेको जनाएको छ । प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले बिहीबार प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा त्यसबारे प्रारम्भिक प्रतिक्रिया दिएका हुन् ।

दुर्घटनाबारे जानकारी गराउँदै मन्त्री पाण्डेले समितिमा राखेको धारणाः 

यो चार्टड गरिएको हेलिकप्टर थियो। अमेरिकी नागरिकहरू स्याफ्रुबेसीबाट फर्किने क्रममा हुनुहुन्थ्यो। उहाँहरूलाई ल्याउनको लागि हेलिकप्टर चार्टर्ड गरिएको रहेछ। 

अमेरिकनलाई लिन जाँदै गरेको हेलिकप्टरमा चिनियाँ नागरिकले ठाउँ लिएको देखिन्छ। मुख्यगरि कैलाश मानसरोवरबाट फर्किएका नागरिकलाई लिन गएको देखिन्छ।

चिनियाँ नागरिकहरू पनि पर्यटककै रुपमा नेपाल आउनु भएको थियो। र, ती मध्य एक जनाको चाँडो घर फर्किनुपर्ने अवस्था थियो भन्ने कुरा पनि हामीले सुनेका छौं। र, स्याफ्रुबेसीबाट चीनतिर जाने गरि उहाँहरू जाँदै हुनुहुन्थ्यो। 

हेलिकप्टर उडेको तीन मिनेटपछि सम्पर्क संचार विच्छेद भयो। केहीबेरसम्म सम्पर्क विच्छेद मात्रै भएको हो भनेर सम्पर्क स्थापित गर्ने कोसिस भयो। ‘ईएलटी भन्ने सिस्टम’ले हेलिकप्टर ठोक्किएपछि संकेत दिँदो रहेछ। त्यो संकेत पनि किन हो आएन।

दुर्घटना नै भएको हो कि भनेर अन्य माध्यमबाट बुझदै जाँदा स्थानीयले आवाज आएको भन्ने जानकारी आयो। त्यहाँ रहेको सेनाको क्याम्पलाई पनि थाहा भयो। त्यसपछि सेनाले टीआईएमा रहेका सेनासँग सम्पर्क गर्नुभयो। त्यसपछि उद्धारका लागि प्रभु हेलिकप्टर पठाइयो। 

सम्भवत मौसम बिग्रेर हेलिकप्टरलाई अब फर्काउनुपर्छ भनेर पाइलटले प्रयास गरेको जस्तो देखिन्छ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह