रुसी सेनामा मारिएका पाँच जनाको अस्तु पशुपतिमा सेलाइयो

Posted on: 08 Aug, 2024

साउन २४, काठमाडौँ । रुस–युक्रेन युद्धमा माएिका पाँच जना नेपालीको अस्तु नेपाल आइपुगेको छ ।

रुसी सेनामा भर्ना भएर रुस–युक्रेन युद्धमा माएिका कास्कीका देवन राई, स्याङ्जाका पितम कार्की, स्याङ्जाका हरिप्रसाद अर्याल, स्याङ्जाका गणेश श्रेष्ठ र महोत्तरीका अनितकुमार शाहको अस्तु नेपाल आइपुगेको हो ।


रुसी सेनामा मारिएका नेपालीहरुको अस्तु पहिलो पटक नेपाल आइपुगेको हो ।  बुधबार रुसबाट आएको मृतकको अस्तु बुझेको मृतकका परिवारले जनाएका छन् ।

उनीहरुले बिहीबार सामूहिक रुपमा अस्तु पशुपतिको आर्यघाटमा सेलाएको रुसी सेनामा आबद्ध नेपालीको जीवनरक्षार्थ अभियानकी संयोजक कृतु भण्डारीले जानकारी दिइन् । मृतकका परिवारले भने यसअघि नै कुशको शव बनाएर दाहसंस्कार गरिसकेका थिए ।

नेपाल सरकारले रुसी सेनामा भर्ना भएका ३४ जनाको मृत्यु भएको पुष्टि गरेको छ । मृतक परिवारले भने यो संख्या धेरै भएको बताउँछन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!