१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

गायक प्रकाश तिमिल्सिना आफ्नै कोठामा मृत भेटिए

२७ श्रावण २०८१, आईतवार ०६:०६

साउन २७, काठमाडौं |  गायक प्रकाश तिमिल्सिना आफ्नै कोठमा मृत भेटिएका छन्। 

ललितपुर जिल्ला प्रहरी परिसरका प्रवक्ता, एसपी नरेशराज सुवेदीका अनुसार गायक तिमिल्सिना ललितपुर महानगरपालिका–१८ आदिनाथ मार्गस्थित आफ्नै कोठामा मृत अवस्थामा फेला परेका हुन्। 

‘हामीलाई आज बिहान ५ बजेतिर खबर आएको थियो’, उनले भने, ‘उहाँ आफ्नै बेडमा मृत अवस्थामा फेला पर्नुभयो।’  


उनको मृत्यु के कारणले भन्ने अहिले खुलिनसकेको एसपी सुवेदीले बताए। 

‘मुखमा रगत र फिँज देखिएको छ’, एसपी सुवेदीले  भने, ‘अहिले मृत्युको कारणबारे केही पनि अनुमान गर्न सकिने अवस्था छैन।’

उनका अनुसार पोस्टमार्टमका लागि तिमिल्सिनाको शव पाटन अस्पताल लगिएको छ। ‘अब त्यसको रिपोर्ट आएपछि केही खुल्ला’, एसपी सुवेदीले भने। 

एसपी सुवेदीका अनुसार गायक तिमिल्सिना राति कोठामा एक्लै थिए। ‘उहाँको मेडम काम विशेषले विराटनगर जानुभएको रहेछ, उहाँसँग कुरा भएअनुसार उहाँलाई पर्खिनुपर्ने अवस्था छ’, उनले भने।   

दृष्टिविहीन गायक तिमिल्सिना २०६५ सालमा ईमेज च्यानलले आयोजना गरेको एउटा रियालिटी शोमा विजयी भएपछि सांगीतिक क्षेत्रमा उदाएका थिए। 

गायक तिमिल्सिनाले खलि, प्रिय तिम्रो सिउँदोमा सिन्दुर भर्न देऊ, तिम्रो हातको सिन्दुर, जुन भन्दिनँ, तिमीलाई देखेर आँखा त्यहीँ छोडी हिँडे म आदि गीत गाएका छन्। यसबाहेक उनले धेरैवटा लोकप्रिय गीतका कभर भर्सन पनि गाएका छन्।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह