१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सेयर बजारमा हालसम्मकै सर्वाधिक कारोबार, ३० महिनाकै उच्च विन्दुमा

२७ श्रावण २०८१, आईतवार ०९:४१

साउन २७,  काठमाडौं  | सेयर बजारमा हुने दैनिक कारोबार रकममा फेरि एकपटक नयाँ रेकर्ड बनेको छ।

यसअघि गत मंगलबार २३ अर्ब ५० करोडको कारोबार भएर ऐतिहासिक रेकर्ड कायम गरेकोमा त्यो रेकर्ड समेत तोडिएको हो।

आइतबार २५ अर्ब ७७ करोड रूपैयाँको सेयर कारोबार भएको छ। कारोबार मात्रै होइन सेयर बजार परिसूचक ३० महिनाकै उच्च विन्दुमा आइपुगेको छ। नेप्सेले २८ सयको मनोवैज्ञानिक प्रतिरोध पार गरेसँगै ३० महिनाकै उच्च विन्दुमा आइपुगेको हो।


नेप्से एकैदिन ९४.५३ अंकले बढेर २८६०.९१ विन्दुमा आइपुगेको हो। यसअघि नेप्से २०७८ माघ २० गते २८७६.७४ विन्दुमा थियो। गत सातादेखि नेप्सेले २८ सयमा कडा प्रतिरोध पाइरहेको थियो।

यो प्रतिरोध पार गरेसँगै बजार थप बढ्ने लगानीकर्ताहरूको अनुमान छ।

यसदिन ३३० वटा धितोपत्रको छ करोड तीन लाख २१ हजार ३२३ कित्ता सेयर किनबेच भएको हो।

आइतबार २२५ कम्पनीको सेयर मूल्य बढेको छ भने १५ वटाको घटेको छ। यस्तै दुई कम्पनीको मूल्य स्थिर रहेको छ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह