१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

रुकुम पश्चिममा माता र भक्तबीच प्रेम ! विवाह गर्न दबाब दिएपछि माताकै हत्या

२७ श्रावण २०८१, आईतवार ११:५५

साउन २७,  सुर्खेत । रुकुम पश्चिममा प्रेम सम्बन्धमा रहेकी माताले विवाह गर्न दबाब दिएपछि भक्तले माताकै हत्या गरेका छन् ।

प्रहरीका अनुसार रुकुम पश्चिमको चौरजहारी नगरपालिका- ११ माथिल्लो सकेंनाका २३ वर्षीय प्रेम मल्ल र सानीभेरी गाउँपालिका- ४ लामचौरकी ४९ वर्षीया सुशीला मल्ल आफूहरुको प्रेम सम्बन्ध लुकाउन ‘भक्त’ र ‘माता’ बनेका थिए ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरीक्षक (डीएसपी) नवराज पोख्रेलले सुशीला र प्रेमबीच प्रेम रहेको र आफूहरुकाे मायाप्रेमलाई विवाहमा परिणत गर्न दबाब दिएपछि प्रेमले सुशीलाको हत्या गरेको देखिएको बताए ।

उनका अनुसार मृतक सुशीला ‘माता र प्रेम ‘भक्त’का रुपमा भेटघाट हुने गरेको अनुसन्धानमा खुलेको छ ।


रुकुम पश्चिम प्रहरीले सुशीलाको हत्या आरोपमा आइतबार प्रेमलाई पक्राउ गरी सार्वजनिक गरेको हो । सुशीला र प्रेमबीच डेढ वर्ष अगाडिबाट मायाप्रेम रहेको डीएसपी पोख्रेलले नेपाल प्रेसलाई जानकारी दिए ।

‘गत शुक्रबार सुशीला आफ्नै घरमा मृत अवस्थामा फेला परेकाी थिइन्’, डीएसपी पोख्रेलले भने, ‘घाँटीमा सल बेरिएको अवस्थामा घाँटी, निधार र अन्य शरीरको भागमा चोटपटक लागेको अवस्थामा उनको शव भेटिएको हो ।’

उनका अनुसार साउन २१ गते सोमबार प्रेम भेटघाटका लागि सुशीलाको घरमा आएको अनुसन्धानबाट खुलेको छ । उक्त दिनको राति दुवै जना सँगै बसेको र साउन २२ गते मंगलबार रिम्ना बजार गएर घुमेको पाइएको उनले बताए ।

‘सुशीलाले प्रेमलाई आफूहरुको सम्बन्धबारे घरमा र गाउँघरका मानिसहरुले थाहा पाएकाले विवाह गर्न भनेको प्रेमले विवाह नगर्ने भनेर बताएका थिए’, डीएसपी पोख्रेलले भने, ‘यही कारणले प्रेमले विवाह अस्वीकार गरेर सुशीलाको घाँटी थिची, फलामको तावा, सिलौटो, लोरा, चम्चासमेतको घरेलु औजारले प्रहार गरी हत्या गरेको भेटिएको हो ।’

घटनापछि प्रेमले मृतक सुशीलाको मोबाइल आफ्नोको कोठामा लुकाइराखेको अवस्थामा बरामद भएको उनको भनाइ छ ।

प्रेमविरुद्ध कर्तव्य ज्यान मुद्दामा रुकुम जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिइ अनुसन्धान भइरहेको डीएसपी पोख्रेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह