१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

आफू फ्यानबाट बलात्कृत भएको भन्दै महाराजगन्ज वृत्तमा एक महिला कलाकारको जाहेरी

२८ श्रावण २०८१, सोमबार ०५:४४

साउन २८, काठमाडौँ । एक महिला कलाकारले आफू फ्यानबाट बलात्कृत भएको भन्दै महाराजगन्ज वृत्तमा जाहेरी दिएकी छिन् ।

कानुनअनुसार नाम गोप्य राखेर सांकेतिक नाम ‘महाराजगन्ज ७ (२०८०\८१)’ दिइएको कलाकारलाई धादिङका अमित श्रेष्ठले जबरजस्ती करणी गरेको भन्दै जाहेरी परेको हो । पीडक भनिएका फ्यान फरार रहेको भन्दै सरकारी वकिल कार्यालय काठमाडौंले अदालतमा मुद्दा दायर गरेको छ ।

सुरुमा फ्यानले लगातार भेटघाट र संवादद्वारा कलाकारलाई प्रभावित बनाएका थिए । उनीहरूबीचको सम्पर्कले कलाकारलाई सुरुवातमा न्यानोपन र समर्थनको आभास दिलायो, तर पछि फ्यानको व्यवहारमा परिवर्तन देखा पर्‍यो ।

कलाकार ‘महाराजगन्ज ७ (२०८०\ ८१) ले अमितले आफूलाई फकाएर बलात्कार गरेको जाहेरीमा लेखेकी छिन् । उनका अनुसार, अमितले आफ्नो कला र प्रतिभाको अत्यधिक प्रशंसा गर्दै आफ्नो नजिकको साथी बनेका थिए । विभिन्न अवसरमा आफ्नो गुणगान गाउँदै फकाएको र आफ्नो विश्वास जित्न सफल भएको बताएकी छिन् ।

आफूहरूको पहिलो भेट २०७९ फागुनमा भएको उल्लेख छ । त्यसयतादेखि नै उक्त फ्यानले कलाकारसँग घनिष्ठता बढाउने प्रयास गरेको भनिएको छ । फ्यानले आफूलाई २०८० जेठ १० गतेदेखि टोखामा फ्याट भाडामा लिएर राखेको बताएकी छिन् । २०८० साउन १५ गते राति आफूमाथि जबरजस्ती करणी भएको ती कलाकारले बताएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह