१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

एआई भिडिओ भाइरल भएपछि अभिषेकले मुख खोले, औँठी देखाउँदै भने- स्टिल म्यारिड !

२८ श्रावण २०८१, सोमबार ०७:१६

साउन २८, काठमाडौँ । बलिउड अभिनेता अभिषेक बच्चनले पत्नी ऐश्वर्यासँग आफ्नो सम्बन्ध नतोडिएको जिकिर गरेका छन् । लामो समयदेखि चल्दै आएको डिभोर्सको चर्चाबारे उनले पहिलो पटक मुख खोलेका हुन् ।

हालै मात्र एउटा ‘एआई निर्मित’ अभिषेकको भिडिओ सामाजिक सञ्जालमा भाइरल भइरहेको छ, जसमा उनले पत्नी सित डिभोर्स भएको बताएका छन् । यसलाई धेरैले आधिकारिक मानेपछि अभिषेकले प्रतिक्रिया दिन बाध्य भए ।

बलिउड युके मिडियासँग अन्तरवार्ता दिने क्रममा आफ्नो विवाहको औँठी देखाएर अभिषेकले भने, ‘स्टिल म्यारिड’ (अझै विवाहित छु) ।


त्यसपछि उनले थपे, ‘मलाई यस विषयमा अरू केही भन्नु छैन । तपाईँहरूले नै बढाइचढाइ गरिरहनु भएको छ । म बुझ्छु कि यस्तो किन गरिरहनु भएको छ । तपाईँहरूले केही स्टोरी फाइल गर्नुपर्ने हुन्छ । यो ठीक छ । हामी सेलिब्रिटी हौँ । यो हामीले ग्रहण गर्नुपर्छ ।’

तर, अभिषेकको यो बयानले फ्यानहरूको चित्त बुझाउन भने सकेको छैन । उनीहरूले औपचारिक डिभोर्स गरिनसकेको भए पनि धेरै समयदेखि अलग अलग बस्दै आइरहेका छन् । यस विषयमा अभिषेकले कुनै व्याख्या गरेनन् ।

हालै मात्र अभिषेकले एउटा इन्स्टाग्राम पोस्टमा लाइक गरेका थिए, जसमा डिभोर्स गर्नैपर्ने अवस्थाको विषयमा उल्लेख थियो । यसले गर्दा पनि उनी डिभोर्सको मनस्थितिमा रहेको आँकलन गरिएको छ ।

हालै मात्र मुकेश अम्बानीको छोराको बिहेमा अभिषेक र ऐश्वर्या बेग्लाबेग्लै उपस्थिति जनाएका थिए । अभिषेक आफ्नो परिवारसँग गएका थिए भने ऐश्वर्या छोरी लिएर पुगेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह