२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

कपिलवस्तुमा दिपावली गर्दा चारघर जलेर नष्ट

२०७३, १५ कार्तिक सोमबार १०:०५

कात्तिक १५, कपिलवस्तु । गतराति दिपावली गर्ने क्रममा आगलागी हुँदा कपिलवस्तु नगरपालिका–१० सिकोटवामा चार घर जलेर नष्ट भएको छ । 

लक्ष्मी पूजा गरेर घरमा दिपावली गर्दा दियोबाट आगो सल्केको हो । आगलागीका कारण स्थानीयवासी शिब्बड रैदास, रामविलाश रैदास, राजु रैदास र भिख्खु रैदासको घर पूर्णरुपमा ध्वस्त भएको छ । 

आगलागीका कारण आफूहरुले दिपावलीका बेला खुला आकासमुनि कष्टकर दिन बिताउनु परेको पीडित शिब्बड रैदासले बताउनुभयो । 

आगलागीबाट चार थान सिलाइ मेसिन, दुई थान इन्टरलक मेसिन, रु सात हजार नगद र घरमा रहेका सबै लत्ताकपडा जलेर नष्ट भएको प्रहरीले जनाएको छ । 

आगलागी पीडितलाई आज कपिलवस्तु नगरपालिकाको सहयोगमा त्रिपाल, खाना पकाउने भाँडा, एक हप्तालाई पुग्ने राशनलगायतका सामग्री प्रदान गरिएको नगरपालिका कर्मचारी जीवनाथ पाण्डेले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते