१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

माछा भात खाएर फुड पोईजन हुदाँ बारामा तीन बालबालिकाको मृत्यु

२८ श्रावण २०८१, सोमबार ११:०३

साउन २८, रौतहट | माछा भात खाएर फूड पोईजनिङ हुँदा बारामा एकै परिवारका तीन बालबालिकाको मृत्यु भएको छ।

फुड पोइजनिङ बाट स्थानिय सिम्रौनगढ नगरपालिका झवानी गाउँका नरेश राम चमारको तीनजना नाबालक छोरा छोरीको मृत्यु भएको बारा प्रहरी प्रवक्ता डिएसपी दीपक सापकोटाले बताएका छन। 


छिमेकी राजदेव रामका अनुसार आईतवार राति नरेश राम चमारको छोरीहरू क्रमशः ९ वर्ष कि लालिमा राम,७ वर्ष कि पुष्पा राम तथा ५ वर्ष का छोरा कृष्णनन्दन राम  माछा भात खाएर सुतेका थिए।

केही समयपछि तीनैजना बालबालिकाको स्वास्थ अवस्था बिग्रेपछि स्थानिय स्तरमा सामान्य उपचार पछि थप उपचारको लागि जिल्ला अस्पताल कलैया लैजाँदा उपचारको क्रममा मृत्यु भएको छिमेकी रामले जानकारी दिएका छन।

जिल्ला प्रहरी प्रवक्ता सापकोटाले घटनाको पुष्टी गर्दै मृतक तीनैजना बालबालिकाको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल कलैयामा राखिएको बताएका छन।

घटना बारे अनुसन्धान भईरहेको तथा थप बिवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह