२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

म्याग्दी - MGD

विश्वमा पहिचान बनाउँदै थाली नाच

१५ कार्तिक २०७३, सोमबार १३:१५

कात्तिक १५, म्याग्दी । चिमखोलामा २०२४–०२५ सालदेखि सुरू भएको थाली नाच विश्वमा नै म्याग्दीको पहिचान बनाउन सफल भएको छ । 

हातमा थाल राखेर हत्केलाले घुमाई घुमाई नचाएको र नाचेको दृश्यले सबैलाई आकर्षित गर्ने गरेको छ । विशेषगरी चुलोचौको र घरायसी काममा व्यस्त रहने महिलाले प्रस्तुत गर्ने यस्तो नृत्यले ग्रामीण क्षेत्रमा पुग्ने आन्तरिक तथा बाह्य पर्यटकलाई समेत आकर्षित गर्ने गरेको छ । 

थाली नाचको लोकप्रियतामा अहिले पनि कुनै कमी छैन । सावधानीपूर्वक कलात्मक प्रस्तुतिमा नाचिने थाली नाचले जनजातिको मौलिकता समेत झल्काउने गरेको छ । नृत्य प्रस्तुत गर्दा हातमा थाललाई एउटा जादुगरले सर्कसमा प्रस्तुत गर्ने कलाभन्दा कमी नहुने भएकाले पनि यसको लोकप्रियता चुलिएको हो । 

केही वर्षअघिसम्म महिला र पुरुषले प्रस्तुत गरेको गीतका आधारमा नाच्ने महिलालाई अहिले गीत रेकर्ड हुन थालेपछि सजिलो हुने गरेको नृत्यमा सहभागीको भनाइ छ । महिला कलाकारले गुन्युचोलो र पटुकीका पहिरनमा सजिएर थाली नृत्य गर्ने मगर सङ्घ म्याग्दीका सचिव लोकेश पुन मगरले बताउनुभयो । मगर सङ्घले थाली, सोरठी, मारुनी लगायत जनजातिका पहिचान जोडिएका तथा लोपोन्मुख नृत्यलाई भैलीमार्फत प्रचारप्रसार तथा संरक्षणमा दबाब दिने जनाएको छ । 

विसं २०२८ मा चिमखोलाकी हरिमाया पुनले देशका विभिन्न ठाउँमा पुगेर देखाउन सुरु गरेका थाली नाच २०४४ सालमा काठमाडौँमा सम्पन्न सार्क सम्मेलनमा पनि प्रस्तुत गरेपछि नाचले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तर चर्चा कमाएको हो । 

नृत्य जो कोहीलाई प्रस्तुत गर्न गाह्रो हुन्छ । हातखुट्टा र शरीरको चाल मिल्नुपर्छ । थाल भुइँमा खस्यो भने अशोभनीय मान्ने गरिन्छ । अहिले थाली नाचको प्रशिक्षण समेत दिन थालिएको छ । जिल्लामा मेला, महोत्सवदेखि जिल्लास्तरका ठूला कार्यक्रममा यो नाच अनिवार्य जस्तै छ । 

केही महिनाअघि अमेरिकाको लस भेगसमा सम्पन्न मिस एसिया नर्थ अमेरिकामा चिमखोलाकी सुनिता पुनले दुई पटक थाली नाच प्रस्तुत गरिन् । थाली नाच सम्बन्धित गीतमा हातमा थाल राखेर हत्केलाले घुमाई घुमाई नचाएको र नाचेको दृष्यले प्रतियोगिता अवधिभर निकै चर्चा कमायो । दशक अगाडिसम्म चरेसको थाल नचाउने चलन थियो । अहिले स्टिलको थाल नचाउने गरिन्छ । बेलायत, अमेरिका, दक्षिण कोरिया, स्पेन, नेदरल्याण्ड्स लगायतमा रहेका म्याग्देलीले यो नाचलाई देखाउने गरेका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव