२०८२, १ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

म्याग्दी - MGD

विश्वमा पहिचान बनाउँदै थाली नाच

२०७३, १५ कार्तिक सोमबार १३:१५

कात्तिक १५, म्याग्दी । चिमखोलामा २०२४–०२५ सालदेखि सुरू भएको थाली नाच विश्वमा नै म्याग्दीको पहिचान बनाउन सफल भएको छ । 

हातमा थाल राखेर हत्केलाले घुमाई घुमाई नचाएको र नाचेको दृश्यले सबैलाई आकर्षित गर्ने गरेको छ । विशेषगरी चुलोचौको र घरायसी काममा व्यस्त रहने महिलाले प्रस्तुत गर्ने यस्तो नृत्यले ग्रामीण क्षेत्रमा पुग्ने आन्तरिक तथा बाह्य पर्यटकलाई समेत आकर्षित गर्ने गरेको छ । 

थाली नाचको लोकप्रियतामा अहिले पनि कुनै कमी छैन । सावधानीपूर्वक कलात्मक प्रस्तुतिमा नाचिने थाली नाचले जनजातिको मौलिकता समेत झल्काउने गरेको छ । नृत्य प्रस्तुत गर्दा हातमा थाललाई एउटा जादुगरले सर्कसमा प्रस्तुत गर्ने कलाभन्दा कमी नहुने भएकाले पनि यसको लोकप्रियता चुलिएको हो । 

केही वर्षअघिसम्म महिला र पुरुषले प्रस्तुत गरेको गीतका आधारमा नाच्ने महिलालाई अहिले गीत रेकर्ड हुन थालेपछि सजिलो हुने गरेको नृत्यमा सहभागीको भनाइ छ । महिला कलाकारले गुन्युचोलो र पटुकीका पहिरनमा सजिएर थाली नृत्य गर्ने मगर सङ्घ म्याग्दीका सचिव लोकेश पुन मगरले बताउनुभयो । मगर सङ्घले थाली, सोरठी, मारुनी लगायत जनजातिका पहिचान जोडिएका तथा लोपोन्मुख नृत्यलाई भैलीमार्फत प्रचारप्रसार तथा संरक्षणमा दबाब दिने जनाएको छ । 

विसं २०२८ मा चिमखोलाकी हरिमाया पुनले देशका विभिन्न ठाउँमा पुगेर देखाउन सुरु गरेका थाली नाच २०४४ सालमा काठमाडौँमा सम्पन्न सार्क सम्मेलनमा पनि प्रस्तुत गरेपछि नाचले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तर चर्चा कमाएको हो । 

नृत्य जो कोहीलाई प्रस्तुत गर्न गाह्रो हुन्छ । हातखुट्टा र शरीरको चाल मिल्नुपर्छ । थाल भुइँमा खस्यो भने अशोभनीय मान्ने गरिन्छ । अहिले थाली नाचको प्रशिक्षण समेत दिन थालिएको छ । जिल्लामा मेला, महोत्सवदेखि जिल्लास्तरका ठूला कार्यक्रममा यो नाच अनिवार्य जस्तै छ । 

केही महिनाअघि अमेरिकाको लस भेगसमा सम्पन्न मिस एसिया नर्थ अमेरिकामा चिमखोलाकी सुनिता पुनले दुई पटक थाली नाच प्रस्तुत गरिन् । थाली नाच सम्बन्धित गीतमा हातमा थाल राखेर हत्केलाले घुमाई घुमाई नचाएको र नाचेको दृष्यले प्रतियोगिता अवधिभर निकै चर्चा कमायो । दशक अगाडिसम्म चरेसको थाल नचाउने चलन थियो । अहिले स्टिलको थाल नचाउने गरिन्छ । बेलायत, अमेरिका, दक्षिण कोरिया, स्पेन, नेदरल्याण्ड्स लगायतमा रहेका म्याग्देलीले यो नाचलाई देखाउने गरेका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार