२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

इटहरीको होटलमा गोली चल्दा दुई जना घाइते

२०७३, १६ कार्तिक मंगलवार ०८:४१

कात्तिक १६, इटहरी । इटहरी उपमहानगरपालिका–२४ तरहरा चोकमा रहेको भोजपुरे होटलमा आज बिहान ४ बजेतिर एक युवकले गोली चलाउँदा दुई जना घाइते भएका छन् । 

हिजो होटलमा बस्न आएका सङ्खुवासभाको खाँदबारी निवासी रविन्द्र थापाले चलाएको गोली लागी होटल सञ्चालक गङ्गामान राई र सोही होटलमा एक महिनादेखि बस्दै आएका धनकुटा निवासी तोर्ण पौडेल घाइते भएको प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिनुभएको छ । 

घाइते दुवैको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारार्थ लगिएको र गोली चलाउने थापा फरार भएकाले उसको खोजतलास भइरहेको प्रहरी नायब उपरीक्षक सुवेदीले बताउनुभयो । 

घटनास्थलबाट पड्किएको चारवटा गोलीको खोकासमेत प्रहरीले बरामद गरेको छ । रातभर जुवा, तास खेल्ने क्रममा झगडा हुँदा गोली चलेको हुनसक्ने प्रहरीको अनुमान छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने