२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

एफसी पोताला र एफसी इन्टरनेट सेमिफाईनलमा प्रबेश

२०७३, ८ बैशाख बुधबार ०१:५७

बैशाख ८, हेटौडा । जिल्ला लिग फुटबलको पहिलो क्वाटरफाईनल खेलहरुमा विजयी
हुँदै डिफेन्डीङ च्याम्पियन एफसी पोताला तथा गत वर्षको उपविजेता एफसी इन्टरनेट सेमिफाईनलमा प्रबेश गरेका
छन् ।

मंगलबार वनविज्ञान अध्ययन सस्थानको खेल मैदान हेटौँडामा
भएको पहिलो खेलमा एफसी पोतालाले छिमेकी गोर्खा ब्वाईज लाई ४–० को फराकिलो अन्र्तरले पराजित गर्दै
सेमिफाईनलमा स्थान बनाएको हो । गोर्खा ब्वाईजसामु रवाफिलो प्रर्दशन गरेको पोतालाको लागि मनोज लामामले
खेलको ३१ औ मिनेटमा पहिलो गोल गर्दै टिमलाई १–० को अग्रता दिलाए ।

खेल अधिकांश समय आफ्नो नियन्त्रणमा लिएको पोतालाको लागि दोश्रो गोल पनि मनोजकै नाममा रह्यो ।
उनले खेलको ३६ औ मिनेटमा गोल गर्दै टिमलाई २–० को अग्रता दिलाए । हाफ २–० ले अघि रहेको पोतालाको लागि
दोश्रो हाफ पनि उत्तिकै सफल बन्यो । दोश्रो हाफमा पनि उत्कृष्ठ प्रर्दशन गरेको पोतालाको लागि विके
लामाले ४१ औ मिनेट गाल गर्दा पोतालाकै सुरज विष्टले ४३ मिनेटमा गोल गर्दै टिमलाई ४–० को सहज जित दिलाए

खेलमा विमल घलान म्यान अफ द म्याच भए । खेल पश्चात
प्रतिक्रिया दिँदै पोतालाका टिम कोच राजु विष्टले आफुहरुले सोचे अनुसार खेलाडीहरुले प्रर्दशन गरेको बताए
। बुधबारनै भएको दोश्रो क्वाटरफाईनलमा एफसी इन्टरनेटले प्रतिभा क्लबलाई ३–० गोलअन्तरले पराजित गर्दै
सेमिफाईनलमा स्थान बनाएको छ । पहिलो हाफ निकै प्रतिस्पर्धात्मक बनेको खेलमा दोश्रो हाफमा भने इन्टरनेट
सफल बन्दा प्रतिभा बाहिरन पुग्यो ।

प्रतिभाको गोल रक्षक
पुष्पराज पुडासैनीको गम्भिर गल्तीको फाईदा उठाउँदै इन्टरनेटका सुमन थापामगरले खेलको ५३ औ मिनेटमा गोल
गर्दै टिमलाई १–० को अग्रता दिलाए । निकै प्रतिस्पर्धात्मक खेलमा ६३ औ मिनेटमा इन्टरनेटका शुसान्त
लामाले गोल गर्दै टिमलाई २–० को अग्रता दिलाए ।

गोल पोष्टमा
निकै कमजोर देखिएको प्रतिभाले पुन थामा मार्फत ६३ औ मिनेटमा तेश्रो गोल खायो । यो सँगै पोतला ३–० ले
विजयी बन्यो । खेलमा इन्टरनेटका थापा म्यान अफ द म्याच भए । अब इन्टरनेटले सेमिफाईनलमा पोतालको सामना
गर्नुपर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई