३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

एफसी पोताला र एफसी इन्टरनेट सेमिफाईनलमा प्रबेश

८ बैशाख २०७३, बुधबार ०१:५७

बैशाख ८, हेटौडा । जिल्ला लिग फुटबलको पहिलो क्वाटरफाईनल खेलहरुमा विजयी
हुँदै डिफेन्डीङ च्याम्पियन एफसी पोताला तथा गत वर्षको उपविजेता एफसी इन्टरनेट सेमिफाईनलमा प्रबेश गरेका
छन् ।

मंगलबार वनविज्ञान अध्ययन सस्थानको खेल मैदान हेटौँडामा
भएको पहिलो खेलमा एफसी पोतालाले छिमेकी गोर्खा ब्वाईज लाई ४–० को फराकिलो अन्र्तरले पराजित गर्दै
सेमिफाईनलमा स्थान बनाएको हो । गोर्खा ब्वाईजसामु रवाफिलो प्रर्दशन गरेको पोतालाको लागि मनोज लामामले
खेलको ३१ औ मिनेटमा पहिलो गोल गर्दै टिमलाई १–० को अग्रता दिलाए ।

खेल अधिकांश समय आफ्नो नियन्त्रणमा लिएको पोतालाको लागि दोश्रो गोल पनि मनोजकै नाममा रह्यो ।
उनले खेलको ३६ औ मिनेटमा गोल गर्दै टिमलाई २–० को अग्रता दिलाए । हाफ २–० ले अघि रहेको पोतालाको लागि
दोश्रो हाफ पनि उत्तिकै सफल बन्यो । दोश्रो हाफमा पनि उत्कृष्ठ प्रर्दशन गरेको पोतालाको लागि विके
लामाले ४१ औ मिनेट गाल गर्दा पोतालाकै सुरज विष्टले ४३ मिनेटमा गोल गर्दै टिमलाई ४–० को सहज जित दिलाए

खेलमा विमल घलान म्यान अफ द म्याच भए । खेल पश्चात
प्रतिक्रिया दिँदै पोतालाका टिम कोच राजु विष्टले आफुहरुले सोचे अनुसार खेलाडीहरुले प्रर्दशन गरेको बताए
। बुधबारनै भएको दोश्रो क्वाटरफाईनलमा एफसी इन्टरनेटले प्रतिभा क्लबलाई ३–० गोलअन्तरले पराजित गर्दै
सेमिफाईनलमा स्थान बनाएको छ । पहिलो हाफ निकै प्रतिस्पर्धात्मक बनेको खेलमा दोश्रो हाफमा भने इन्टरनेट
सफल बन्दा प्रतिभा बाहिरन पुग्यो ।

प्रतिभाको गोल रक्षक
पुष्पराज पुडासैनीको गम्भिर गल्तीको फाईदा उठाउँदै इन्टरनेटका सुमन थापामगरले खेलको ५३ औ मिनेटमा गोल
गर्दै टिमलाई १–० को अग्रता दिलाए । निकै प्रतिस्पर्धात्मक खेलमा ६३ औ मिनेटमा इन्टरनेटका शुसान्त
लामाले गोल गर्दै टिमलाई २–० को अग्रता दिलाए ।

गोल पोष्टमा
निकै कमजोर देखिएको प्रतिभाले पुन थामा मार्फत ६३ औ मिनेटमा तेश्रो गोल खायो । यो सँगै पोतला ३–० ले
विजयी बन्यो । खेलमा इन्टरनेटका थापा म्यान अफ द म्याच भए । अब इन्टरनेटले सेमिफाईनलमा पोतालको सामना
गर्नुपर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’