४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

भ्रष्टाचार छानबिनमा हदम्यादको कुरो गम्भीरताका साथ उठ्यो- गृहमन्त्री लेखक

५ भाद्र २०८१, बुधबार १०:३५

भदौ ५,  काठमाडौँ । गृहमन्त्री रमेश लेखकले भ्रष्टाचार निवारण सम्वन्धी ऐन २०५९ लाई संशोधन विधयेकमाथि भएको छलफलमा केही महत्वपूर्ण विषय पहिचान भएको बताएका छन् ।

बुधबार प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशभासन समितिको बैठकमा भ्रष्टाचार निवारण ऐन २०५९ को संशोधन विधयेकमाथिको छलफलका क्रममा मन्त्री लेखकले धेरै विषय छलफलका क्रममा पहिचान भइसकेकाले पहिचान भएका विषयमा केन्द्रीत दफावार छलफल गरी निष्कर्षमा पुग्नुपर्नेमा जोड दिए ।

'मुलतः उठेका केही महत्वपूर्ण विषय केही पहिचान भएका छन् । यी विषयका पहिचान भइसकेपछि अब सम्मानित समितिले चाँडो भन्दा चाँडो यी विषयहरुका बारेमा दफावार छलफलमा गएर यी विषयहरु जुन÷जुन विषयसंग सम्वन्धीत छन् त्यो दफामा निर्णण गरेर निष्कर्षमा पुग्छु पर्छ ।' उनले भने– 'दफावार छलफलमा प्रवेश गरेपछि दफा-दफामा छलफल हुँदा सरकारले धारणा राख्छ ।'

उनले छलफलका क्रममा सरकाले आफ्नो धारणा र विषयहरु राखेपनि अन्तिम निर्णय गर्ने अधिकार समितिकै भएको बताए ।


'भ्रष्टाचार निवारण सम्वन्धी ऐनको महत्व छ । यो गम्भीर र संवेदनशिल विषय हो ।' उनले भने– 'चाँडो भन्दा चाँडो समिति र सभाबाट पनि पारित भएर लागू गर्न सकियोस भन्ने आग्रह गर्दछु ।'

उनले हदम्यादको कुरो गम्भीरताका साथ उठेको बताउँदै स्वार्थ बाझिएको विषय के ? भन्ने विषय पनि उठेको धारणा राखे ।

अहिलेको प्रचलित संविधान भन्दा पहिलेको संवैधानिक व्यवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई मुलः दुई वटा जिम्मेवारी दिइएको लेखको भनाई थियो ।

'सार्वजनिक पद धारण गरेको कुनै व्यक्तिले भ्रष्टाचार वा अख्तियारको दुरुपयोग गरी भ्रष्टाचार वा अनुचित कार्य गरेमा अख्तियार क्षेत्राधिकारभित्र राखिएको छ ।' उनले भने– 'भ्रष्टाचार र अनुचित कार्यको विषय राखिएको छ, अहिलेको प्रचलित संविधानमा त्योलाई अलि परिर्वतन गरेर भ्रष्टाचार भएको अवस्थामा भनेर क्षेत्राधिकारमा भ्रष्टाचार राखियो।, अनुचित कार्य अहिलेको संविधानको व्यवस्थामा नभएकाले त्यो अनुचित कार्य को ले हेर्ने त भन्ने विषय प्रर्खर विषय उठेको छ ।'

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’