६ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

शिक्षिका र कर्मचारीद्वारा कटहरियाको सम्पूर्ण बिद्यालयमा तालाबन्दी

५ भाद्र २०८१, बुधबार ११:११

भदौ ५,  रौतहट । तलव भत्ताको माग गर्दै बाल विकास शिक्षिका र बिद्यालय कर्मचारीहरुले कटहरिया नगरपालिका अन्तर्गतका सम्पूर्ण सामुदायिक विद्यालयमा तालाबन्दी गरेका छन् ।

कर्मचारी र शिक्षिकाले बिद्यालय समय अगावै बिद्यालयहरुको मूल गेटमा तालावन्दी गरेको कारण बुधबार पठनपाठन अवरुद्ध भएको कटहरिया १ माबी भासेढवाका प्रधानाध्यापक राम मंगल यादवले बताएका छन्। तालाबन्दीका कारण कटहरियाको सम्पूर्ण माबी ५ निमाबि ५ र प्राबी १४ गरी २४ विद्यालयको पठनपाठन हुन नसकेको नगर शिक्षा संयोजक अनिल कुमार निधिले पुष्टी गरेका छन् ।

तलव भत्ताको माग गर्दै उनीहरू पछिल्लो एक महिना देखि आन्दोलित भएका छन्। जनै पूर्णिमा संगै रक्षाबन्धन पर्व परेका दिन सरकारले सार्वजनिक बिदा दिएको थियो ।हिमाल देखी तराईसम्मका दिन्दु धर्मावलम्बीहरु आआफ्नो रिती अनुसार पर्व मनाएका थिए। तर कटहरिया स्थित तलब भत्ताको माग गर्दै शिक्षिका तथा बिधालय कर्मचारी  धर्नामा बसेका थिए। हिजो मंगलबार सम्म तलब भत्ता नपाएमा आज बुधवार देखि नगरको सम्पूर्ण सामुदायिक बिद्यालय बन्द गर्ने अग्रिम घोषणा संगै प्रेस विज्ञप्ती जारी गरेका थिए।

नेपाल बिद्यालय कर्मचारी तथा बाल विकास शिक्षक युनियन नगर कार्यसमितिको आयोजनामा शिक्षिका तथा बिधालय कर्मचारी गत आईतवार देखि कार्यालय समय बिहान १० देखि ४ बजेसम्म नगरपालिका प्राङ्गण भित्र धर्नामा बसेका थिए । 

सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारी र बाल विकास सहयोगी कार्यकर्ताले आर्थिक बर्ष २०७९!०८० को वैशाख देखि अषाढ मसान्त सम्मको न्यूनतम थप तलव , यस आर्थिक वर्षको वैशाख देखि हालसम्मको तलब र प्रति महिना दुईहजारको दरले प्रोत्साहन भत्ता समेतको रकम निकासा नभएर कसैले पनि नपाएर कठिनाई भएको छ।


कटहरिया स्थित सम्पूर्ण सामुदायिक बिद्यालयहरुमा बिद्यालय कर्मचारी र बाल शिक्षा सहयोगी कार्यकर्ता गरी  ६४  जना कार्यरत रहेका छन।

कटहरिया नगरपालिकाका मेयर अजय प्रकाश जैसवाल उपमेयर रिता देवी यादव सहित जनप्रतिनिधि कर्मचारी गरी ११ जना भ्रष्टाचार मुद्दामा अख्तियार द्वारा दोषी ठहर भएर झण्डै ३ महिना अघि निलम्बित भएपछि बाल विकास शिक्षिका तथा बिधालय कर्मचारी तलब सुबिधा पाउन बाट बञ्चित भएका छन। गत आर्थिक बर्षको अन्तिम महिना असारमा प्रमुख प्रशासकिय अधिकृत सुरेन्द्र प्रधानले चासो न लिएको कारण तलब सुबिधा पाउन नसकेको उनीहरूको आरोप रहेको छ।

करार तथा दैनिक ज्यालादारीको नाउँमा मेयर जैसवालले बार्षिक करोडौं रकम निकासा गराउँछन्। तर दिनरात मिहिनेत गरेका बिद्यालय कर्मचारी तथा बालविकास शिक्षिकाको तलब भत्ता निकासा गराउन मेयर जैसवाल संगै नगर शिक्षा संयोजक अनिल कुमार निधिले समेत चासो न देखाएको पीडितहरुले गुनासो गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
‘ग्रे लिस्ट’बाट बाहिर निस्किन भएका प्रगतिबारे प्रधानमन्त्रीको चासो नेपाललाई डिजिटल मार्गमा अगाडि बढाउने गरी काम गरिरहेका छौँ: मन्त्री खरेल सिंहदरबार धाइरहेका सहिदका बुबा भन्नुहुन्छः छोराको बलिदान खेर नजाओस् नेकपालाई बहुमत दिनुस्, जनअपेक्षा पूरा गर्छौँ ः सहसंयोजक नेपाल युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी निर्वाचनमा होमिने जनता र राजनीतिक दलको चाहना छः संयोजक दाहाल मुलुकलाई राजनीतिक निकास दिन एमाले अझ क्रियाशील हुने अपेक्षा रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु रवि लामिछानेले देश निर्माणका लागि जुनसुकै त्याग गर्न तयार रहेको बताए मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान समयमा काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता तोडिन्छः मन्त्री घिसिङ पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा पूर्वराष्ट्रपति भण्डारीद्वारा एमाले नेतृत्वलाई बधाइ जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो गरोस् राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति