२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

अभिनेत्री रेखा थापाले आफ्नै जन्मदिनकाे दिन पारेर गरिन् छोरीकाे पास्नी (फोटोफिचर)

२०८१, ५ भाद्र बुधबार १२:१३

भदौ ५,  काठमाडौँ । अभिनेत्री रेखा थापाले बुधबार आफ्नै जन्मदिनकाे दिन पारेर छोरी वैभवीको अन्नप्राशन (पास्नी) गरेकी छिन् । 

छोरीको अन्नप्राशनका लागि उनले बिहान पशुपतिमा अन्नपूर्णदेवीको पूजाआजा गरिन् । अन्नपूर्णदेवीको पूजाआजापछि उनले निःसहाय, गरिब र विपन्न सर्वसाधारणलाई भोजन पनि गराइरहेकी छिन् । यो भण्डारा चलाउनुको उद्देश्य निसहाय, गरिब र विपन्न सर्वसाधारणलाई भोजनको सहज उपलब्धता होस् भन्ने रहेको उनको भनाइ छ ।

उनकी छोरी वैभवी सात महिनाकी भइन् । हिन्दू परम्परामा छाेरीकाे पाँच वा सात महिना र छाेराकाे ६ महिनामा पास्नी गर्ने चलन छ । 

मोरङको सुन्दरहरैंचा नगरपालिका, सलकपुरमा जन्मिएकी रेखा २०५७ सालमा फिल्म ‘हिरो’बाट रजतपटमा प्रवेश गरेकी हुन् । उनले दर्जनौं फिल्ममा अभिनय गरेकी छन् । पछिल्लो समय फिल्म निर्माणमा समेत सक्रिय रेखाको पछिल्लो फिल्म ‘उपहार’ हो । रेखा राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेतृसमेत हुन् ।



 

                                                                                                                                                                                                                                   - तस्बिर स्रोत: रेखा थापाको फेसबुकबाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण