२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

महोत्तरीका सीमा नाकामा उच्च सुरक्षा सतर्कता

१७ कार्तिक २०७३, बुधबार ०८:१३

कात्तिक १७, गौशाला । भारतीय राष्ट्रपति प्रणव मुखर्जी जनकपुर आउने भएपछि छिमेकी जिल्ला महोत्तरीको भारतसँग जोडिएको सबै नाकामा उच्च सुरक्षा सतर्कता अपनाइएको छ । 

सशस्त्र प्रहरी एवम् नेपाल प्रहरीले संयुक्त रुपमा भारतसँग सीमा जोडिएका महोत्तरीका १३ वटा गाविसका विभिन्न स्थानमा उच्च सुरक्षा सतर्कता अपनाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक जनक भट्टराईले बताउनुभयो । 

उहाँले भारत बिहार राज्यको मधुवनी एव्म सीतामढी जिल्लाको ३८ दशमलव ४७ किलोमिटर खुला सीमासँग जोडिएको महोत्तरीका १३ गाविसको सीमा क्षेत्रमा सघन चेकजाँच तथा शङ्कास्पद व्यक्तिमाथि उच्च निगरानीसमेत गर्न थालिएको छ भन्नुभयो । 

नेपाल भारत सीमा जोडिएका महोत्तरीका दक्षिणी क्षेत्रका मुख्य प्रवेश नाका मटिहानी, पर्सापतैली, जलेश्वर, नैन्ही, वथनाहा, कट्टीकटैया, खैरबन्नी, रघुनाथपुरलगायत १३ गाविसका सीमावर्ती क्षेत्रमा उच्च सुरक्षा सतर्कता तथा शङ्कास्पद व्यक्तिमाथि कडा निगरानी थालिएको प्रहरीले जनाइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव