2026-07-07 05:41 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

महाअभियोगले सरकारलाई कुनै असर गर्दैन : मन्त्री पौडेल

कात्तिक १७, पर्वत । शिक्षामन्त्री धनीराम पौडेलले अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध संसद्मा दर्ता भएको प्रस्तावले सरकारलाई कुनै असर नगर्ने बताउनुभएको छ । 

उहाँले महाअभियोग प्रस्ताव सरकारको नभई संसद्को विशेषाधिकार भएकाले सरकारले हस्तक्षेप गर्न नमिल्ने बताउनुभयो । संविधान संशोधन प्रस्ताव दर्ताको लागि अन्तिम तयारीमा रहेको पनि उहाँको भनाइ थियो । 

प्रेस सेन्टर नेपाल जिल्ला शाखा पर्वतले आज कुश्मा बजारमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री पौडेलले महाभियोग प्रस्ताव सर्वसम्मत् रुपमा पारित हुने दाबी गर्नुभयो । 

मन्त्री पौडेलले भन्नुभयो “संविधान संशोधन गरी मधेसवादी दललाई पनि सहमतिमा ल्याएर स्थानीय, प्रदेश र केन्द्रको निर्वाचन गर्नुपर्ने बताउनुभयो ।” 

अर्को प्रसङ्गमा मन्त्री पौडेलले भन्नुभयो “हालै संशोधन भएको शिक्षा ऐन कार्यान्वयनका लागि नियमावली निर्माण कार्य अन्तिम चरणमा पुगेको र शिक्षा आयोग गठनको तयारी भएको तथा अस्थायी शिक्षक व्यवस्थापनका लागि प्रक्रिया अघि बढिसकेको जानकारी दिनुभयो ।” 

जनताको गुणस्तरीय शिक्षामा पहुँच बढाउने, विद्यालयको पहुँचमा आएका विद्यार्थीलाई टिकाउने र दक्ष बनाउन यसै वर्षदेखि सातवर्षे विद्यालय क्षेत्र विकास योजना लागू गरेको मन्त्री पौडेलले बताउनुभयो । 

उहाँका अनुसार योजनाले प्रधानाध्यापकको नयाँ तरिकाले व्यवस्थापन गर्नुका साथै विद्यालयको पहुँचमा रहेका बालबालिकाको शिक्षामा निरन्तरताका लागि दिवा खाजा कार्यक्रम र अभिभावकलाई अनुदानको व्यवस्था गरेको छ । 

सामुदायिक विद्यालयप्रति विश्वासको वातावरण बनाउन सामुदायिक विद्यालयमा आफ्ना छोराछोरी पढाउने शिक्षकलाई प्रोत्साहनका लागि पुरस्कृत गरिने मन्त्री पौडेलले जानकारी दिनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने