२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्सा - PRS

छठपर्वको उपलक्ष्यमा श्यामबाबु पटेलद्वारा २२७ परिवारलाई पुजा समाग्री बितरण

१७ कार्तिक २०७३, बुधबार ११:०३

कार्तिक १७, वीरगंज । हिन्दूहरुको महान पर्व छठपर्वको उपलक्ष्यमा वीरगंज नगर क्षेत्रका गरिब, असाहाय, एकल महिलालाई भन्सार एजेन्ट महासंघका केन्द्रिय उपाध्यक्ष श्यामबाबु पटेलले पुजा समाग्री बितरण गरेका छन् । पटेलको नेतृत्वमा गएको टोलीले नगर क्षेत्रमा अलौं, ईनरवा, नगवा, रामटोल, छपकैया, गहवा, बिर्ता,प्रसौनी बिर्ता लगायतको दुई सय परिवारलाई एक थान दौरा, एक थान नरिवल र पाँच किलो गँहु टोल टोलमै गएर बितरण गरेका हुन । पटेलले संचारकर्मी संग संक्षिप्त कुराकानी गर्दै हिन्दू धर्म एवं संस्कृतिक जगेरना गर्नका लागि आ आफनो तर्फबाट लाग्न जरुरी रहेको बताउनुभयो ।

हिन्दू बाहुल्य नेपालमा संस्कृति लोप हुदै गएको र विभिन्न वहानामा धर्म परिर्वतन भईरहेको हुनाले समयमै सम्पुर्ण हिन्दूहरु एवं सरोकारवाला संघ संस्थाहरु सर्तक हुनुपर्नेमा जोड दिएका थिए । टोलीमा प्रेस मंच नेपालका केन्द्रिय अध्यक्ष संतोष पटेल, हिन्दुवादी युवा नेता नगीना यादव, हरेन्द्र पटेल उर्फ वौवा, सदभावना पार्टी वीरगंज नगर अध्यक्ष ओमप्रकास सर्राफ, कुर्मी सशक्तिकरण मंच पर्साका कोषाध्यक्ष पन्नालाल पटेल, एनपीडेली न्युज अनलाईनका प्रतिनिधी राकेश साह लगायतकाले वितरण गरेका थिए । यस अघि पटेलले  वीरगंज कारागारका २७ जना महिला केदीबन्दीलाई छठ पर्वको सम्पुर्ण पुजा समाग्री कारागारमै गएर बितरण गरेका थिए । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव