२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्सा - PRS

छठपर्वको उपलक्ष्यमा श्यामबाबु पटेलद्वारा २२७ परिवारलाई पुजा समाग्री बितरण

२०७३, १७ कार्तिक बुधबार ११:०३

कार्तिक १७, वीरगंज । हिन्दूहरुको महान पर्व छठपर्वको उपलक्ष्यमा वीरगंज नगर क्षेत्रका गरिब, असाहाय, एकल महिलालाई भन्सार एजेन्ट महासंघका केन्द्रिय उपाध्यक्ष श्यामबाबु पटेलले पुजा समाग्री बितरण गरेका छन् । पटेलको नेतृत्वमा गएको टोलीले नगर क्षेत्रमा अलौं, ईनरवा, नगवा, रामटोल, छपकैया, गहवा, बिर्ता,प्रसौनी बिर्ता लगायतको दुई सय परिवारलाई एक थान दौरा, एक थान नरिवल र पाँच किलो गँहु टोल टोलमै गएर बितरण गरेका हुन । पटेलले संचारकर्मी संग संक्षिप्त कुराकानी गर्दै हिन्दू धर्म एवं संस्कृतिक जगेरना गर्नका लागि आ आफनो तर्फबाट लाग्न जरुरी रहेको बताउनुभयो ।

हिन्दू बाहुल्य नेपालमा संस्कृति लोप हुदै गएको र विभिन्न वहानामा धर्म परिर्वतन भईरहेको हुनाले समयमै सम्पुर्ण हिन्दूहरु एवं सरोकारवाला संघ संस्थाहरु सर्तक हुनुपर्नेमा जोड दिएका थिए । टोलीमा प्रेस मंच नेपालका केन्द्रिय अध्यक्ष संतोष पटेल, हिन्दुवादी युवा नेता नगीना यादव, हरेन्द्र पटेल उर्फ वौवा, सदभावना पार्टी वीरगंज नगर अध्यक्ष ओमप्रकास सर्राफ, कुर्मी सशक्तिकरण मंच पर्साका कोषाध्यक्ष पन्नालाल पटेल, एनपीडेली न्युज अनलाईनका प्रतिनिधी राकेश साह लगायतकाले वितरण गरेका थिए । यस अघि पटेलले  वीरगंज कारागारका २७ जना महिला केदीबन्दीलाई छठ पर्वको सम्पुर्ण पुजा समाग्री कारागारमै गएर बितरण गरेका थिए । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने