२०८२, १ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

पत्रकार महासंघको भवन निर्माणका लागि फेसवुक अभियान

२०७३, १७ कार्तिक बुधबार १२:१७

कृष्ण कँडेल, कार्तिक १७, बागलुङ । नेपाल पत्रकार महासंघ बागलुङ साखाको सुविधा सम्पन्न भवन निर्माणका लागि फेसवुकमा सुरु गरिएको आर्थिक अभियानबाट एक हप्तामै ५६ हजार रकम संकलन छ । 

बागलुङ नगरपालिका–२ मा भुकम्प प्रतिरोधि ३ तले भवन बनाउन कार्तिक ११ गतेदेखि सुरु गरिएको अभियानमा स्थानिय स्तर र विदेशबाट सहयोग प्राप्त भएको नेपाल पत्रकार महासंघ बागलुङ साखाका अध्यक्ष मुकेशचन्द्र राजभण्डारीले जानकारी दिए । फेसवुकबाट एकै जनाले ३ हजार देखि २० हजार सम्म सहयोग गरेका छन् ।

अहिलेसम्म नेपाल पत्रकार महासंघका केन्द्रिय पार्षद् तथा बागलुङ एफएमका स्टेशन म्यानेजर ज्ञानेन्द्र गौतमले सवै भन्दा धेरै २० हजार रुपैयाँ सहयोग गरेका छन् । केन्द्रिय पार्षद्द्वय दिनेश पन्त र खगराज गैतम, माओवादी केन्द्रका नेता चन्द्रबहादुर थापा, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष अमर थापा, नेपाल महिला संघ क्रान्तिकारीका केन्द्रिय सदस्य कुशुम बुढा र युवा मिलन केसीले ५÷५ हजार रुपैयाँ सहयोग गरेका छन् । त्यस्तै सामुदायिक बनउपभोक्ता महासंघ बागलुङका अध्यक्ष प्रेम लामिछाने र स्थानिय युवा व्यवासायी गगन पुनले ३÷३ हजार रुपैयाँ सहयोग गरेका छन् । फेसवुक अभियानबाट ३० लाख जुटाउने लक्ष्य राखिएको छ । 

पत्रकार महासंघको कार्यलय रहने गरि निर्माण गरिने भवनमा सुचना केन्द्र, बिद्युतिय पुस्तकालय र सुविधा सम्पन्न तालिम हल बनाउने लक्ष्य राखिएको छ । भवन निर्माणका लागि ६० लाख रकम आबश्यक पर्नेमा जिल्ला विकस समिति बागलुङले ५ लाख र बागलुङ नगरपालिकाले २ लाख ५० हजार बजेट विनियोजन गरेका छन् । 

‘१ लाखको संख्यामा विभिन्न विषयका सन्दर्भ पुस्तक र २० हजार पुस्तकहरु पढ्न मिल्ने गरि विद्युतिय पुस्तकालय चलाउने तयारीमा छौँ ।’ अध्यक्ष राजमण्डारीले भने, ‘भवन निर्माणको रकम जुटाउन जिल्लाबाट प्रतिनिधित्व गर्ने सांसदसँग पनि सक्दो सहयोग गर्न अपिल गरेका छौँ, सहयोगको प्रतिबद्धता आएको छ ।’ 

उनले बागलुङमा २००८ सालमा पहिलो पटक प्रकाशित भएको सहिबाटो नामक हस्तलिखित साप्ताहिक पत्रिका देखि अहिलेसम्म जिल्लामा प्रकाशित सवै पत्रिका संकलन गरेर सुचना केन्द्रमा राखिने बताए । 

विद्युतिय पुस्तकालयका लागि डेनमार्कका पर्यटनदुत तथा ईलाईब्रेरी फाउण्डेशन युरोप संयोजक सोम सापकोटाले पनि सहयोग गर्ने प्रतिबद्धता जनाएकोे राजभण्डारीको भनाई छ ।  सुचना केन्द्रका लागि ग्लोबल आईएमई बैङ्क लिमिटेडका अध्यक्ष चन्द्र ढकालसँग कुराकानी भएको उनले बताए ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार