२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

प्रवासी नेपालीद्वारा ३ लाख ३३ हजार राहत रकम प्रदान

१७ कार्तिक २०७३, बुधबार १२:२६

कृष्ण कँडेल, कार्तिक १७, बागलुङ । कतारमा रहेका प्रवासी नेपालीले जिल्लाको विभिन्न ठाउँका बाढी पहिरो प्रभावित, अग्नी र मृगौला पिडित तथा विदेशमा ज्यान गुमाउनेका परिवारलाई राहात रकम प्रदान गरेका छन् । 

बागलुङ सेवा समाज दोहा कतारको पलहमा संकलन गरिएको ३ लाख ३३ हजार रुपैयाँ राहात प्रदान गरिएको हो । 

१ लाख ४१ हजार रुपैयाँ गत साउनमा आएको बाढीबाट घरबार विहिन बनेका दुर्गम बुर्तिबाङ क्षेत्रका बाढि पहिरो प्रभावित ८१ घर परिवारलाई प्रदान गरिएको छ ।

समाजका अध्यक्ष चन्द्रकान्त शर्मा र सल्लाहकार संयोजक बालसिंह परियारले घरवार विहिन बनेका ग्वालीचौर–८ खालका ५ परिवारलाई जनहि ४ हजार र अधिकारीचौरको विभिन्न बडाका ७६ परिवारलाई जनहि १ हजार ६ सय रुपैयाँ राहात रकम प्रभावित क्षेत्रमै पुगेर वितरण गर्नुभएको हो । 

समाजका अध्यक्ष चन्द्रकान्त शर्माले दुर्गम गाउँका नागरिकलाई परेको समस्यामा सानो सहयोगले पनि केहि राहत हुने भएकोले जीवन धान्न विदेशिएका साथीहरुबाट एक एक रुपैयाँ गरेर जुटाएको रकम पिडितको घरदैलोमै पुगेर उनिहरुकै हात दिन पाउँदा खुसि लागेको बताउनुभयो । 

त्यस्तै दुवै मृगौला गुमाएका खुङगाका मनबहादुर विकलाई ३० हजार र  मजदुरी गर्दा ढुङ्गाले लागेर दुवै आँखाको ज्योति गुमाएका ताराखोलाका चन्द्रबहादुर दर्जीलाई २० हजार उपचार खर्च सहयोग गरिएको छ । 

धुल्लुबाँस्कोटका १२ घर अग्नीपिडितलाई राहात रकम १ लाख २ हजार र मलेसियामा काम गर्ने क्रममा ज्यान गुमाएका ताराखोलाकै जीतबहादुर घर्तीकी ३ बर्षिया छोरीलाई ४० हजार पढाई खर्च सहयोग गरेको बागलुङ सेवा समाज कतारका सल्लाहकार संयोजक बालसिंह परियारले जानकारी दिनुभएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव