२०८२, १ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

कपिलवस्तुमा बेग्लाबेग्लै घटनामा दुईजनाको ज्यान गयो

२०७३, १८ कार्तिक बिहीबार ०६:३५

कात्तिक १८, कपिलवस्तु । कपिलवस्तुमा दुई बेग्लाबेग्लै घटनामा दुईजनाको मृत्यु भएको छ । 

कपिलवस्तुको शिवराज नगरपालिका–७ मोतिनगरका चन्द्रराम ठाकुरको १८ वर्षीय छोरा सुनिल ठाकुरको सुरही नदीमा डुबेर मृत्यु भएको छ । 

बुधबार मोतीनगरमा तिहारको अवसरमा स्थापना गरिएको लक्ष्मीको मूर्ति विसर्जन गर्न सुरही नदीमा गएका सुनिलको पौडिन नसकेकाले ज्यान गएको हो । अत्यधिक पानी खाएको हुनाले उनको ज्यान गएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ । ठाकुरलाई बुटवलमा रहेको लुम्बिनी अञ्चल अस्पतालमा औषधि गराउने क्रममा राति नै मृत्यु भएको मृतकका बुबा चन्द्रराम ठाकुरले जानकारी दिनुभयो । 

यसैगरी, कपिलवस्तुको बलरामवापुर गाविस बडेगाव निवासी ऋषिराम यादवको १५ वर्षीया छोरी अन्जनी यादवले अन्धविश्वासका करण ज्यान गुमाएकी छिन् । 

अन्जनी बिरामी भएको १२ दिन भएको थियो । बिरामी भएको १२ दिन बित्दासमेत उनको परिवारले औषधि उपचारमा बेवास्ता गर्दै आएको थियो । आर्थिक अवस्था पनि राम्रै भएका ऋषिरामले समयमा उपचार गराउन नसकेपछि उनको छोरीको ज्यान गएको हो । औषधि गराए माता रिसाउनु हुन्छ भन्दै परिवार धर्मकर्ममा मात्र व्यस्त रहन्थ्यो । 

उनको परिवारले बिहानै उठेर नुहाई धुवाई गरी नीमको पातले हम्कने, झारफुक गर्नमै व्यस्त हुन्थे । अन्जनीको शरीरमा साना साना फोका निस्किएका थिए । मधेसमा शरीरमा फोका निस्कियो भने माताजी निस्किनु भएको छ भन्ने धार्मिक विश्वास अझै जरो गाडेर बसेको छ । 

शरीरमा फोका निस्कनु माताको सवार भएको भन्ने अन्धविश्वासले मधेसमा सयौँ बालबालिकाले अकालमै ज्यान गुमाउनु परेको छ । 

कतै कुनै उपाय नलागेपछि अन्जनीका परिवारले अन्तिम समयमा उनलाई भैरहवा मेडिकल कलेजमा लगेका थिए । तर उनलाई अस्पताल लैजान ढिलो गरिएकाले उनको ज्यान बचाउन नसकेको डाक्टरले बताएका छन् । उनको बुधबार ज्यान गएको स्थानीयवासी निरहु यादवले जानकारी दिनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार