२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

कपिलवस्तुमा बेग्लाबेग्लै घटनामा दुईजनाको ज्यान गयो

१८ कार्तिक २०७३, बिहीबार ०६:३५

कात्तिक १८, कपिलवस्तु । कपिलवस्तुमा दुई बेग्लाबेग्लै घटनामा दुईजनाको मृत्यु भएको छ । 

कपिलवस्तुको शिवराज नगरपालिका–७ मोतिनगरका चन्द्रराम ठाकुरको १८ वर्षीय छोरा सुनिल ठाकुरको सुरही नदीमा डुबेर मृत्यु भएको छ । 

बुधबार मोतीनगरमा तिहारको अवसरमा स्थापना गरिएको लक्ष्मीको मूर्ति विसर्जन गर्न सुरही नदीमा गएका सुनिलको पौडिन नसकेकाले ज्यान गएको हो । अत्यधिक पानी खाएको हुनाले उनको ज्यान गएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ । ठाकुरलाई बुटवलमा रहेको लुम्बिनी अञ्चल अस्पतालमा औषधि गराउने क्रममा राति नै मृत्यु भएको मृतकका बुबा चन्द्रराम ठाकुरले जानकारी दिनुभयो । 

यसैगरी, कपिलवस्तुको बलरामवापुर गाविस बडेगाव निवासी ऋषिराम यादवको १५ वर्षीया छोरी अन्जनी यादवले अन्धविश्वासका करण ज्यान गुमाएकी छिन् । 

अन्जनी बिरामी भएको १२ दिन भएको थियो । बिरामी भएको १२ दिन बित्दासमेत उनको परिवारले औषधि उपचारमा बेवास्ता गर्दै आएको थियो । आर्थिक अवस्था पनि राम्रै भएका ऋषिरामले समयमा उपचार गराउन नसकेपछि उनको छोरीको ज्यान गएको हो । औषधि गराए माता रिसाउनु हुन्छ भन्दै परिवार धर्मकर्ममा मात्र व्यस्त रहन्थ्यो । 

उनको परिवारले बिहानै उठेर नुहाई धुवाई गरी नीमको पातले हम्कने, झारफुक गर्नमै व्यस्त हुन्थे । अन्जनीको शरीरमा साना साना फोका निस्किएका थिए । मधेसमा शरीरमा फोका निस्कियो भने माताजी निस्किनु भएको छ भन्ने धार्मिक विश्वास अझै जरो गाडेर बसेको छ । 

शरीरमा फोका निस्कनु माताको सवार भएको भन्ने अन्धविश्वासले मधेसमा सयौँ बालबालिकाले अकालमै ज्यान गुमाउनु परेको छ । 

कतै कुनै उपाय नलागेपछि अन्जनीका परिवारले अन्तिम समयमा उनलाई भैरहवा मेडिकल कलेजमा लगेका थिए । तर उनलाई अस्पताल लैजान ढिलो गरिएकाले उनको ज्यान बचाउन नसकेको डाक्टरले बताएका छन् । उनको बुधबार ज्यान गएको स्थानीयवासी निरहु यादवले जानकारी दिनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव