२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा यसरी भईरहेको छ सरकारी गाडीको चरम दुरुपयोग

१८ कार्तिक २०७३, बिहीबार १३:४१

रबिन्द्र यादव | कात्तिक १८, नवलपरासी | नवलपरासीमा सरकारी कार्यालयको सवारी साधानहरुको चरम दुरुपयोग भएको पाईएको छ  । बिशेष गरी चाडपर्व वा सरकारी बिदाका दिन पनि पदिय दुरुपयोग गरी ति सवारी साधनको कर्मचारीहरुद्धारा चरम दुरुपयोग गरिएको पाईएको हो ।

जिल्लामा सबैभन्दा सवारी साधन दुरुपयोग गर्ने कार्यालय मध्ये सबैभन्दा मुख्य कार्यालयमा नवलपरासीको सबैभन्दा पुरानो नगरपालीका रामग्राम नगरपालीका  पर्दछ । जुन कार्यालयको गाडी र अन्य सवारी साधनहरु बिदाका दिन पनि कर्मचारीहरुले निर्धक्क जिल्ला प्रशासन कार्यालयको ईजाजत बिना प्रयोग गर्ने गर्दछन् । 

यसरी नवलपरासीमा सरकारी सवारी साधन दुरुपयोग हुँदै आएको अनेकौ उदाहरण मध्ये कात्तिक १७ गते बुधबार सरकारी बिदा भएपनि रामग्राम नगरपालीकाको सबैभन्दा महगो तथा आरामदायी सवारी लु १ च ६६६४ नम्बरको ईस्कारपियो गाडी कार्यालयका कर्मचारीले प्रयोग गरेका थिए । 

कार्यालयका कर्मचारीले आफ्नो व्यक्तिगत काममा सो सवारी साधन प्रयोग गरेका हुन् । जिल्ला प्रशासन कार्यालयका अनुसार सो दिन सो गाडी संन्चालन लागी नगरपालीकाले प्रशासन  कार्यालय संग कुनै अनुमती लिएका छैन् । 

यस बारे कार्यालयका निमित्त कार्यालय प्रमुख एवंम् लेखा अधिकृत कुन्दन कुमार चौधरीले सो दिन गाडी आफुले आफ्नो बालबालीको लागी प्रयोग गरेको स्विीकार गर्नुभयो । उहांले भन्नुभयो “कार्यालय भन्दा वाहीरको समयमा पनि मैले कार्यालयको काम गर्ने गर्दछु त्यसैले आवश्यकता अनुसार कार्यालयको गाडी पनि ब्यक्तीगत काममा प्रयोग गरेको हुँ ।”

यता रामग्राम नगरपालीकाले आफ्नो अधिकाशं सरकारी सवारी साधन चरम दुरुपयोग गर्दै आएकोले दुरुपयोग गर्ने कर्मचारीलाई तत्काल   कारवाही हुनुपर्ने  नागरीक समाज नवलपरासीका अध्यक्ष शम्भु उपाध्यायले बताउनुभयो  ।

उहांले भन्नुभयो यस वाहेक रातका समयमा नास्ता खान भैरहवा,  दाउन्नेमा लगायतका स्थानमा समेत रामग्राम नगरपालीकाको सवारी साधनको चरम दुरुपयोग गर्ने गरेका छ । रामग्राम नगरपालीकाको सरकारी सवारी साधान सरकारी सम्पती, ब्यक्तीले रजाई हुने गरेको उदाहरण बनेको छ उपाध्यायले  भन्नुभयो  ।

रामग्राम नगरपालीका कार्यालय प्रमुख घर बिदामा भएको मौका छोपी अन्य कर्मचारीले सो सवारी साधनको चरम दुरुपयोग भएको पाईएको छ । जिल्लामा सात वटा नगरपालीका रहेका छन् जसमध्ये अन्य सबै नगरपालीकाको सरकारी नम्बरको सेतो र¬को नम्बर प्लेटको गाडी छन् तर रामग्राम नगरपालीकाले आफ्नो सरकारी गाडीमा भने सरकारी नम्बर प्लेट भन्दा पनि निजी तवरको  रातो र¬को नम्बर प्लेट प्रयोग गरेको छ  । 

यता यस बारे नवलपरासीका प्रमुख जिल्ला अधिकारी महादेब पन्थले जिल्लामा रहेका सरकारी कार्यालयहरुको सवारी साधन दुरुपयोग भएको गुुनासो निकै  आएकाले यसलाई नियन्त्रण गर्न पहिल गरिने प्रतिकृया दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य