२०८२, ६ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा यसरी भईरहेको छ सरकारी गाडीको चरम दुरुपयोग

२०७३, १८ कार्तिक बिहीबार १३:४१

रबिन्द्र यादव | कात्तिक १८, नवलपरासी | नवलपरासीमा सरकारी कार्यालयको सवारी साधानहरुको चरम दुरुपयोग भएको पाईएको छ  । बिशेष गरी चाडपर्व वा सरकारी बिदाका दिन पनि पदिय दुरुपयोग गरी ति सवारी साधनको कर्मचारीहरुद्धारा चरम दुरुपयोग गरिएको पाईएको हो ।

जिल्लामा सबैभन्दा सवारी साधन दुरुपयोग गर्ने कार्यालय मध्ये सबैभन्दा मुख्य कार्यालयमा नवलपरासीको सबैभन्दा पुरानो नगरपालीका रामग्राम नगरपालीका  पर्दछ । जुन कार्यालयको गाडी र अन्य सवारी साधनहरु बिदाका दिन पनि कर्मचारीहरुले निर्धक्क जिल्ला प्रशासन कार्यालयको ईजाजत बिना प्रयोग गर्ने गर्दछन् । 

यसरी नवलपरासीमा सरकारी सवारी साधन दुरुपयोग हुँदै आएको अनेकौ उदाहरण मध्ये कात्तिक १७ गते बुधबार सरकारी बिदा भएपनि रामग्राम नगरपालीकाको सबैभन्दा महगो तथा आरामदायी सवारी लु १ च ६६६४ नम्बरको ईस्कारपियो गाडी कार्यालयका कर्मचारीले प्रयोग गरेका थिए । 

कार्यालयका कर्मचारीले आफ्नो व्यक्तिगत काममा सो सवारी साधन प्रयोग गरेका हुन् । जिल्ला प्रशासन कार्यालयका अनुसार सो दिन सो गाडी संन्चालन लागी नगरपालीकाले प्रशासन  कार्यालय संग कुनै अनुमती लिएका छैन् । 

यस बारे कार्यालयका निमित्त कार्यालय प्रमुख एवंम् लेखा अधिकृत कुन्दन कुमार चौधरीले सो दिन गाडी आफुले आफ्नो बालबालीको लागी प्रयोग गरेको स्विीकार गर्नुभयो । उहांले भन्नुभयो “कार्यालय भन्दा वाहीरको समयमा पनि मैले कार्यालयको काम गर्ने गर्दछु त्यसैले आवश्यकता अनुसार कार्यालयको गाडी पनि ब्यक्तीगत काममा प्रयोग गरेको हुँ ।”

यता रामग्राम नगरपालीकाले आफ्नो अधिकाशं सरकारी सवारी साधन चरम दुरुपयोग गर्दै आएकोले दुरुपयोग गर्ने कर्मचारीलाई तत्काल   कारवाही हुनुपर्ने  नागरीक समाज नवलपरासीका अध्यक्ष शम्भु उपाध्यायले बताउनुभयो  ।

उहांले भन्नुभयो यस वाहेक रातका समयमा नास्ता खान भैरहवा,  दाउन्नेमा लगायतका स्थानमा समेत रामग्राम नगरपालीकाको सवारी साधनको चरम दुरुपयोग गर्ने गरेका छ । रामग्राम नगरपालीकाको सरकारी सवारी साधान सरकारी सम्पती, ब्यक्तीले रजाई हुने गरेको उदाहरण बनेको छ उपाध्यायले  भन्नुभयो  ।

रामग्राम नगरपालीका कार्यालय प्रमुख घर बिदामा भएको मौका छोपी अन्य कर्मचारीले सो सवारी साधनको चरम दुरुपयोग भएको पाईएको छ । जिल्लामा सात वटा नगरपालीका रहेका छन् जसमध्ये अन्य सबै नगरपालीकाको सरकारी नम्बरको सेतो र¬को नम्बर प्लेटको गाडी छन् तर रामग्राम नगरपालीकाले आफ्नो सरकारी गाडीमा भने सरकारी नम्बर प्लेट भन्दा पनि निजी तवरको  रातो र¬को नम्बर प्लेट प्रयोग गरेको छ  । 

यता यस बारे नवलपरासीका प्रमुख जिल्ला अधिकारी महादेब पन्थले जिल्लामा रहेका सरकारी कार्यालयहरुको सवारी साधन दुरुपयोग भएको गुुनासो निकै  आएकाले यसलाई नियन्त्रण गर्न पहिल गरिने प्रतिकृया दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश आगामी तीन दिन देशका विभिन्न भागमा तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना राष्ट्रपति पौडेल समक्ष निर्वाचनसम्बन्धी प्रतिवेदन पेश शपथ ग्रहणबारे ६ दलसँग संसद् सचिवालयको छलफल सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट