भदौ १९, काठमाडौँ । सोरुगाउँपालिका-६ बन्जाह मोडमा जीप दुर्घटना हुँदा चालकको घटनास्थलमा मृत्यु भएको छ। बुधबार बिहान ९:३० बजेतिर सोरुकोटबाट गमगढी आउँदै गरेको जीप दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

सोरुकोटबाट सदरमुकाम गमगढी आउँदै गरेको ग १ ज ६४३७ नम्बरको जीप सोरु गाउँ पालिका-६ बन्जाह मोडमा ब्रेक फेल भइ मोडबाट १ सय मिटर तल खस्दा जीप चालक ४५ वर्षीय नरबहादुर बुमीको मृत्यु भएको प्रहरीले जानकारी दिएको हो ।

जीपमा यात्रु थिएनन् । जीप दुर्घटना हुँदा सह-चालकले हाम फालेर ज्यान बचाएको प्रहरी ले बताएको छ । घटनाको मुचुल्का तयार भइसकेको र पोस्टमार्टमका लागि शव जिल्ला अस्पताल ल्याउने तयारी भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

जीप दुर्घटनामा चालकको घटनास्थलमै मृत्यु, सहचालक हाम फालेर बाँचे